काठमाडौं- सोमबारको तुलनामा मंगलबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँ बढेको छ। सोमबार १ लाख १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबारका लागि १ लाख ९ सय रुपैयाँ तोकिएको छ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेको छ। मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला १३ सय ८० रुपैयाँ कायम भएको छ। सोमबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।