मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

२५ लाखभन्दा बढीकाे सुनसहित विमानस्थलबाट तीन पक्राउ

सोमबार, चैत २८ २०७८
२५ लाखभन्दा बढीकाे सुनसहित विमानस्थलबाट तीन पक्राउ

प्रहरीले हरेकबाट ९९.९६ ग्राम तौल भएको सुनको सिक्री बरामद गरेको उनले बताए।

काठमाडौं-  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २५ लाख रुपैयाँभन्दा बढी मूल्यको सुनको सिक्रीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

एयर अरेवियाको उडानद्वारा काठमाडौं आएका यात्रुहरूको गतिविधि शंकास्पद देखिएपछि जाँच गर्ने क्रममा तीनै जनाबाट सुन बदामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।  

प्रहरीले हरेकबाट ९९.९६ ग्राम तौल भएको सुनको सिक्री बरामद गरेको उनले बताए। बरामद सुनको सिक्रीसहित उनीहरूलाई थप अनुसन्धान एवं आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ।

पक्राउ पर्नेमा रसुवाका ३२ वर्षीय सुकुराम लामा सोही ठाउँका २७ वर्षीय पेम्बा थोक्रा, र वर्ष २२ का बुद्धिमान तामाङ रहेका छन्। तीनै जनाले पाइन्टकोकम्मरको भागमा फल्स बटम बनाइ अवैध रूपमा सुन ल्याएका थिए। उक्त सुनको मूल्य २५ लाख ५६ हजार रुपैयाँभन्दा बढी रहेको विमानस्थल सुरक्षा कार्यालयले आज एक सूचना जारी गरी जनाएको छ। रासस


प्रकाशित : सोमबार, चैत २८ २०७८१३:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend