मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

गाडीलगायत विलासी वस्तुको भन्सार महसुल बढाउने अर्थमन्त्रीको घोषणा

सोमबार, चैत २८ २०७८
गाडीलगायत विलासी वस्तुको भन्सार महसुल बढाउने अर्थमन्त्रीको घोषणा

विदेशी मुद्रा सञ्चितिमा परेको चाप बारे जानकारी गराउँदै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका छन्। 

काठमाडौं- सरकारले महँगा सवारीसाधन, विद्युतीय उपकरणलगायत विलासी वस्तुमा भन्सार महसुल बढाउने भएको छ।

विदेशी मुद्रा सञ्चितिमा परेको चापबारे जानकारी गराउँदै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका छन्। 

कुन कुन वस्तुमा कति कर बढाउने भन्नेबारे भने अर्थमन्त्री शर्माले केही खुलाएनन्। अबको डेढ महिनापछि सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट ल्याउने छ। बजेटको सम्मुखमा अर्थमन्त्री शर्माले गाडीलगायत विलासी वस्तुको भन्सार महसुल बढाउने घोषणाले नयाँ तरंग ल्याएको छ।


प्रकाशित : सोमबार, चैत २८ २०७८११:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend