मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

धनुषा मालपोत प्रमुख ५ लाख घुससहित अख्तियारको नियन्त्रणमा

सोमबार, चैत २८ २०७८
धनुषा मालपोत प्रमुख ५ लाख घुससहित अख्तियारको नियन्त्रणमा

भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका निमित्त कार्यायल प्रमुख सुनिलकुमार झालाई बर्दिवासबाट गएको अख्तियार टोलीले नियन्त्रणमा लिएको आयोगले जनाएको छ। 

काठमाडौं- अख्तियारले मालपोत कार्यालय धनुषका निमित्त प्रमुखलाई ५ लाख खुलिएको आरोपमा नियन्त्रणमा लिएको छ। भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका निमित्त कार्यायल प्रमुख सुनिलकुमार झालाई बर्दिवासबाट गएको अख्तियार टोलीले नियन्त्रणमा लिएको आयोगले जनाएको छ। 

झाले जग्गा सम्बन्धी हक साफी मुद्दामा उक्त मुद्दाको फैसला सुनाए वापत सेवाग्राहीसँग ५ लाख घुस माग गरिरहेको सूचनाका आधारमा अख्तिया दुरुपयो अनुसन्धान आयोगको कार्यालय बर्दिवासको टोलीले घुस लिइसकेको अवस्थामा सोमबार बिहान नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएलगत्तै उनीमाथि थप अनुसन्धान सुरु गरिएको अख्तियारले जनाएको छ। 


प्रकाशित : सोमबार, चैत २८ २०७८०७:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend