मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

मनमानी खर्चको नमूना : सुक्खा बन्दरगाह र जाँच चौकीमा झण्डा राख्न १ करोड ४० लाख

सोमबार, चैत २८ २०७८
मनमानी खर्चको नमूना : सुक्खा बन्दरगाह र जाँच चौकीमा झण्डा राख्न १ करोड ४० लाख

देशभर ४ वटा एकीकृत जाच चौकी र ७ वटा सुक्खा बन्दरगाह छन्।

काठमाडौं- सरकारले भन्सार नाका तथा सुक्खा बन्दरगाहमा विभिन्न देशको झण्डा राख्न टेन्डर गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको नेपाल इन्टर मोडल यातायात विकास बोर्डले करिब १ करोड ४० लाख रुपैयाँ खर्चेर झण्डा राख्ने भएको हो।

बोर्डले सामेबार एक सूचना मार्फत झण्डा राख्न टेन्डर गरेको हो। विभिन्न सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी (आईसीडी/आईसीपी)मा झण्डा राख्न १ करोड ३९ लाख ८९ हजार २ सय २२ रुपैयाँ ४४ पैसा लागत अनुमान गरेर बोर्डले टेन्डर गरेको हो। 

सोमबार सूचना जारी गर्दै बोर्डले २०७९ बैशाख २८ गतेसम्म इच्छुक कम्पनीले आवेदन दिनसक्ने जनाएको छ। प्राप्त आवेदनहरू त्यही दिन खोलिने समेत बोर्डले जनाएको छ। 

वीरगञ्ज, विराटनगर, भैरहवा र नेपालगञ्जामा एकीकृत जाच चौकी छन् भने वीरगञ्ज, भैरहवा, काँकडभिट्टा, तातोपानी, रसुवा, काठमाडौं र दोधारा चाँदनीमा सुक्खा बन्दरगाह छन्। देशभर ४ वटा एकीकृत जाच चौकी र ७ वटा सुक्खा बन्दरगाह छन्। काठमाडौं सुक्खा बन्दरगाह हालै प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका हुन् भने दोधार चाँदनीमा निर्माण हुने क्रममा रहेको छ। 

अन्य जाच चौकी र बन्दरगाह भने सञ्चालनमा रहेका छन्। पुँजीगत खर्च गर्न नसकेको सरकार अन्य फजुल खर्च गर्न भने सक्रिय देखिएको छ। 


प्रकाशित : सोमबार, चैत २८ २०७८०६:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend