काठमाडौं- साताको पहिलो कारोबार भएको दिन सोमबार नेप्से परिसूचक १ सय १४ दशमलव ०२ अंकले घटेको छ। नेप्से २६ सय ९८.२५ अंकमा आइपुगेको छ। पछिल्लो केही सातादेखि नेप्से लगातार घट्दै आएको छ।
सोमबार १ करोड ७३ लाख कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ४९ करोड रुपैयाँको करोबार भएको हो।