मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

सुनको मूल्य तोलामा २ सय रुपैयाँ घट्यो

सोमबार, चैत २८ २०७८
सुनको मूल्य तोलामा २ सय रुपैयाँ घट्यो

सोमबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ सय रुपैयाँ तोकिएको छ।

काठमाडौं- आइतबार प्रतितोला ८ सय रुपैयाँ बढेको सुनको मूल्य सोमबार तोलामा २ सय रुपैयाँ घटेको हो।

सोमबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ सय रुपैयाँ तोकिएको छ। आइतबार छापावाल सुन प्रतितोला १ लाख ३ सय रुपैयाँमा कारोबार भएको थियो। 

चाँदीको मूल्य भने स्थिर छ। सोमबारका लागि चाँदीको मूल्य प्रतितोला १३ सय ६५ रुपैयाँ कायम भएको छ। आइतबार पनि चाँदी सोही मूल्यमै कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। 


प्रकाशित : सोमबार, चैत २८ २०७८०५:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend