मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

पाँच लाख घुससहित मालपोतका प्रमुख पक्राउ

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत २८ २०७८
पाँच लाख घुससहित मालपोतका प्रमुख पक्राउ

आयोग बर्दिवास कार्यालयबाट खटिएको टोलीले जनकपुरधामस्थित भानु चौकस्थित एक चिया पसलबाट घुसवापत सेवाग्रहीसँग लिएको पाँच लाख रकमसहित प्रमुख झालाई पक्राउ गरेको हो।

जनकपुर- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुसवापत लिएको रकमसहित भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका प्रमुख सुनिलकुमार झालाई आज बिहान पक्राउ गरेको छ।

आयोग बर्दिवास कार्यालयबाट खटिएको टोलीले जनकपुरधामस्थित भानु चौकस्थित एक चिया पसलबाट घुसवापत सेवाग्रहीसँग लिएको पाँच लाख रकमसहित प्रमुख झालाई पक्राउ गरेको हो।

गोप्य सूचनाको आधारमा खटिएको टोलीले घुस रकमसहित प्रमुख झालाई पक्राउ गरेको र उहाँमाथि थप अनुसन्धान भइरहेको आयोग बर्दिवासका प्रमुख गोपालकुमार अधिकारीले जानकारी दिए। रासस 


प्रकाशित : सोमबार, चैत २८ २०७८०५:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend