मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

४ कुपे एसयूभी भारतमा सार्वजनिक हुँदै, नेपालमा पनि पर्न सक्छ धेरैको रोजाइमा

बिहीबार , वैशाख १ २०७९
४ कुपे एसयूभी भारतमा सार्वजनिक हुँदै, नेपालमा पनि पर्न सक्छ धेरैको रोजाइमा

टोयोटाको प्लेटफर्ममा बन्ने बाहेकका कुपे एसयूभी नेपाली बजारमा समेत आउने छन्।

काठमाडौं- पछिल्लो सयम क्रसओभर एसयूभीको बजार विश्वभर नै बढ्दै गएको छ। स्पेस, उच्च ग्राउन्ड क्लियरेन्स, अफरोड विशेषतालगायत कारणले क्रसओभर एसयूभी रोज्ने कार प्रेमीहरूको संख्या बढ्दै गएको छ। 

यसैको परिणाम स्वरुप कार उत्पादकहरूले एसयूभी सेगमेन्टकै कार उत्पादनलाई प्राथमिकता दिएका छन्। भारतीय बजारमा समेत एसयूभी कारकै माग धेरै रहेकाले सबैजसो उत्पादक कम्पनीहरूले यस्तै कारको उत्पादन बढाउँदै नयाँ नयाँ मोडलसमेत ल्याउँदै आएका छन्। 

भारतीय बजारमा उत्पादिन अधिकांश कार नेपाली बजारमा समेत आउने गरेका छन्। त्यसमा पनि मारुती सुजुकी, टाटा, हुन्डाई, महिन्द्रा, कियालगायत कम्पनीले उत्पादन गरेका अधिकांश मोडल नेपाल आउने गरेका छन्। भारतीय बजारमा चलेका सबैजसो मोडलका कार नेपालमा पनि चल्ने गरेको छ। 

यस्तैमा भारतीय बजारमा टाटा, मारुती सुजुकी, महिन्द्रा, टोयोटाको लोगोमा बन्ने सुजुकीका कुपे एसयूभी सार्वजनिक हुने भएका छन्। कम्पनीहरूले बजार र उपभोक्ताको मागअनुसार कुपे एसयूभी सार्वजनिक गर्ने तयारी गरेका हुन्। यी कार २०२२ को अन्त्यसम्म वा २०२३ को सुरुवातमा बजारमा आइसक्ने छन्। यी कार भारतीय बजारमा सार्वजनिक भएको केही महिनाभित्र नेपाली बजारमा समेत आउनेछन्। 

टाटा मोटर्सले अघिल्लो साता नयाँ विद्युतीय एसयू्भीको कन्सेप्ट सार्वजनिक गरेको हो। मिडसाइज एसयूभी कुपे डिजाइनमा आउने छ जुन टाटा मोटर्सको नयाँ जेनेरेसन २ प्लेटफर्ममा बन्ने छ। कर्भ नाम दिइएको यो एसयूभी नयाँ जेनेरेसनको इम्प्याक्ट डिजाइन फिलोसोफिमा तयार पारिने टाटा मोटर्सले जनाएको छ।

Tata Curvv ev.jpg

विद्युतीय कारको पावर ट्रेनमा उत्पादन हुने यो नै टाटाको पहिलो विद्युतीय कार हुनेछ। हाल उत्पादन हुँदै आएका नेक्सन इभी र टियोर इभी आइसी इन्जिनमा आधारित भएर डिजाइन गरिएका कार हुन्। आगामी वर्षको सुरुवातमै बजारमा ल्याउने बताइएको यो कार एक पटकको फुल चार्जमा ५ सय किलोमिटर कुदाउन सकिने छ। 

त्यस्तै महिन्द्राले समेत दुई महिनापछि ३ वटा विद्युतीय एसयूभी कारको कन्सेप्ट सार्वजनिक गर्दै छ। यी कार ‘बर्न इभी’ प्लेटफर्ममा उत्पादन हुने छन्। महिन्द्राका यी ३ वटै कार आउँदो वर्ष बजारमा आउनेछ। यी ३ मध्ये एक वा दुईवटा कार कुपे एसयूभी हुने अनुमान गरिएको छ। 

मारुती सुजुकीले पनि नयाँ कुपे स्टाइलको एसयूभी निर्माण गरिरहेको छ जसको कोड नेम वाईटीबी रहेको छ। मारुती सुजुकीले यो कार यही वर्षको अन्तिममा भारतमा सार्वजनिक गर्ने तयारी गरेको छ। यो कार १.२ लिटर पेट्रोल इन्जिनमा आधारित हुनेछ। त्यस्तै टोयोटाले पनि भारतमा ग्ल्यान्जाकै मोडलमा मारुती सुजुकीको कारलाई कुपे डिजाइनमा बजारमा ल्याउने तयारी गरिरहेको गाडीवाडीले लेखेको छ। 

टोयोटाको प्लेटफर्ममा बन्ने बाहेकका कुपे एसयूभी नेपाली बजारमा समेत आउने छन्। भारतमा निक्कै चर्चामा रहेको टाटाको नेक्सन, नेक्सन इभी, सुजुकीका भिटारा ब्रेजा, इग्निस, महिन्द्राको एक्सयूभी ३००, एक्सयूभी ५०० नेपाली बजारमा उपलब्ध मात्र छैनन, राम्रो संख्यामा बिक्री हुने कारमा पर्छन्।


प्रकाशित : बिहीबार , वैशाख १ २०७९०९:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend