शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

विद्युत प्रसारण लाइनका लागि एडीबीले थप ७ अर्ब लगानी गर्ने

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज ४ २०७८
विद्युत प्रसारण लाइनका लागि एडीबीले थप ७ अर्ब लगानी गर्ने

नेपालमा विद्युत प्रसारण र वितरण प्रणालीको स्तरोन्नती गर्ने विद्युतीय ग्रिड आधुनिकीकरण परियोजनाका लागि एसियाली विकास बैंक (एडीबी)ले थप ६ करोड अमेरिकी डलर (७ अर्ब रुपैयाँभन्दा बढी) ऋण स्वीकृत गरेको छ।

काठमाडौं- नेपालमा विद्युत प्रसारण र वितरण प्रणालीको स्तरोन्नती गर्ने विद्युतीय ग्रिड आधुनिकीकरण परियोजनाका लागि एसियाली विकास बैंक (एडीबी)ले थप ६ करोड अमेरिकी डलर (७ अर्ब रुपैयाँभन्दा बढी) ऋण स्वीकृत गरेको छ। 

एडीबीले २०२० को नोभेम्बरमा स्वीकृत गरेको विद्युत ग्रिड आधुनिकीकरण परियोजना अन्तर्गत ३४ वटा सव–स्टेशनमा काम हुने छ। जसमा काठमाडौं उपत्यकामा स्मार्ट मिटर राख्ने योजनासमेत सामेल छ। त्यसमा १ सय ४४ किलोमिटरमा अपग्रेडको काम गरिने छ भने ११३ किलोमिटर ट्रान्समिसन लाइन नयाँ बनाइनेछ। विद्युत वितरण केन्द्र र नियन्त्रण केन्द्रको कामसमेत हुनेछ। 

‘यो थप रकमले नेपालमा विश्वसनीय र दिगो रुपमा विद्युत आपूर्ति गर्न सहज हुनेछ’, एडीबीका ऊर्जा विज्ञ जीवन आचाले भनेका छन्, ‘यसले प्रसारण क्षमता र वितरण प्रणाली विस्तार, सुदृढीकरण र आधुनिकीकरणका लागि अतिरिक्त लगानी मिल्नेछ, जसले गर्दा २०२६ सम्म प्रतिघन्टा ७ सय किलोवाटको लक्ष्य पूरा गर्न सकिनेछ।’ 

मूल परियोजनाको क्षेत्र विस्तार गर्नका लागि थप रकमले नेपालगञ्जदेखि कोहलपुर र चोभारदेखि लगनखेलसम्म १६ किलोमिटरमा १३२ किलोवाट ट्रान्समिसन लाइनमा मद्धत हुनेछ। यसले दुम्कीबास, लगनखेल, मूलपानी र नेपालगञ्जमा सवस्टेशन निर्माण गरी थप ४ सय ७७ मेगावाट क्षमता बढ्नेछ। 

आपूर्ति र प्रणाली सुधारका लागि साथै संस्थागत क्षमता बढाउन ‘रिसोर्स प्लानिङ एण्ड रेभेन्यू म्यानेजमेन्ट’ लागु गरिने एडीबीले जनाएको छ। एडीबीले गरिबी निवारण गर्दै समृद्ध , समावेशी र दिगो विकासका लागि नै यसलाई निरन्तरता दिएको जनाएको छ। 


प्रकाशित : सोमबार, असोज ४ २०७८०९:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend