मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

राष्ट्र बैंकको मौखिक निर्देशनअनुसार एलसी नखोल्ने बैंकर्स संघको निर्णय 

आइतबार, चैत २७ २०७८
राष्ट्र बैंकको मौखिक निर्देशनअनुसार एलसी नखोल्ने बैंकर्स संघको निर्णय 

निजी सवारीसाधान, मोबाइल, मदिरा, कस्मेटिक्स लगायतका सामग्रीका लागि एलसी नखोल्ने निर्णय बैकहरुले गरेका हुन्। 

काठमाडौं- वाणिज्य बैंकहरुले राष्ट्र बैंकको मौखिक निर्देशनअनुसार एलसी नखोल्ने निर्णय गरेका छन्। 

आज बसेको संघको बैठकले निर्देशनअनुसारका वस्तु आयातका लागि एलसी नखोल्ने निर्णय गरेको संघका एक सदस्यले जानकारी दिए। 

निजी सवारीसाधान, मोबाइल, मदिरा, कस्मेटिक्स लगायतका सामग्रीका लागि एलसी नखोल्ने निर्णय बैकहरुले गरेका हुन्। 

यसअघि अघिल्लो साता नेपाल राष्ट्र बैंकले बैंकहरूलाई अत्यावश्यक बाहेका वस्तुको आयातका लागि एलसी नखोल्न निर्देशन दिएको थियो। मौखिक निर्देशन मात्र भएकाले कतिपय बैंकले उलंघन गरेका थिए। 

यसअघि नेपाल राष्ट्र बैंकले सतप्रतिशत नगद मार्जिन गरेका वस्तुका लागि अब एलसी खोलिने छैन। यद्यपी वस्तुका बारेमा स्पष्ट निर्देशन भएको छैन। 
 


प्रकाशित : आइतबार, चैत २७ २०७८१०:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend