मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

'राष्ट्र बैंकलाई मन्त्रालयको शाखा र गभर्नरमाथि कर्मचारीजस्तो व्यवहार भयो'

आइतबार, चैत २७ २०७८
'राष्ट्र बैंकलाई मन्त्रालयको शाखा र गभर्नरमाथि कर्मचारीजस्तो व्यवहार भयो'

पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले वर्तमान सरकार तथा अर्थमन्त्रीले राष्ट्र बैंकलाई मन्त्रालयको महाशाखा र गभर्नरलाई कर्मचारीको जस्तो व्यवहार गरेर प्रणालीमा प्रहार गरेको बताएका छन्। 

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारले नेपाल राष्ट्र बैंकमाथि चरम राजनीतिक हस्तक्षेप गरेको बताएका छन्। 

पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले वर्तमान सरकार तथा अर्थमन्त्रीले राष्ट्र बैंकलाई मन्त्रालयको महाशाखा र गभर्नरलाई कर्मचारीको जस्तो व्यवहार गरेर प्रणालीमा प्रहार गरेको बताएका छन्। 

वर्तमान अर्थतन्त्रको अवस्थाका बारेमा नेकपा एमालेको धारणा प्रस्तुत गर्न काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पौडेलले प्रतिस्पर्धी र अनुशासित अर्थतन्त्र प्रवर्द्धनका लागि महत्वपूर्ण स्वायत्त नेपाल राष्ट्र बैंकमाथिको हस्तक्षेप प्रणालीलाई ध्वस्त बनाउने सुरुवात भएको बताएका हुन्। 

'राष्ट्र बैंक स्वायत्त संस्था हो। ऐनले दिएको अधिकार प्रयोग गर्दै आवश्यक निर्णय तथा कार्यान्वयन गर्छ। तर राष्ट्र बैंकलाई मन्त्रालयको शाखाको रुपमा चलाउन खोज्ने काम भयो। गभर्नरलाई कर्मचारीको जस्तो व्यवाहर भयो। हुँदाहुँदा मौद्रिक नीति समयमा ल्याउन दिइएन' उनले भने। 

प्रकाशित : आइतबार, चैत २७ २०७८०७:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend