मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

सार्थक हस्तक्षेप भएन भने श्रीलंका हुनबाट कसैले रोक्न सक्दैन : विष्णु पौडेल 

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत २७ २०७८
सार्थक हस्तक्षेप भएन भने श्रीलंका हुनबाट कसैले रोक्न सक्दैन : विष्णु पौडेल 

अर्थतन्त्रका समस्या समाधानभन्दा पनि सरकार उटपट्याङ गर्नतिर लागेकाले जोखिम अझै नजिक देखिएको उनले बताएका छन्। 

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्र जोखिमोन्मुख रहेको बताएका छन्। 

वर्तमान अर्थतन्त्रका बारेमा नेकपा एमालेले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले अर्थतन्त्र जोखिमोन्मुख रहेको र समस्या समाधानका लागि सार्थक र सकारात्मक पहल नगर्ने हो भने अर्थतन्त्रको अवस्था श्रीलंकाको जस्तो हुनसक्ने बताएका छन्। 

'यदि हामीले अब सार्थक हस्तक्षेप गरेनौँ भने जस्ता र जे कारणले समस्या देखिए ती निराकरणका लागि हस्तक्षेप गरेनौँ भने श्रीलंका हुनबाट कसैले रोक्न सक्ने छैन' उनले भने। 

नेकपा एमालेको सरकारले स्वस्थ र सुदृढ अर्थतन्त्र छाडेर गएपनि वर्तमान सरकारले नौ महिनामा गलत शासन गर्दा अर्थतन्त्र तहसनहस भएको उनले बताएका छन्। 

अर्थतन्त्रका समस्या समाधानभन्दा पनि सरकार उटपट्याङ गर्नतिर लागेकाले जोखिम अझै नजिक देखिएको उनले बताएका छन्। 

 


प्रकाशित : आइतबार, चैत २७ २०७८०७:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend