मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

फेरि लाख नाघ्यो सुनको मूल्य 

आइतबार, चैत २७ २०७८
फेरि लाख नाघ्यो सुनको मूल्य 

आइतबारका लागि चाँदीको मूल्य प्रतितोला १३ सय ६५ रुपैयाँ तोकिएको छ।

काठमाडौं- सुनको मूल्य तोलामा पुनः एक लाख रुपैयाँ नाघेको छ। साताको पहिलो दिन आइतबार नेपाली बजारमा छापावाल सुनको मूल्य १ लाख ३ सय रुपैयाँ कायम भएको हो।

शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँ बढेको हो। शुक्रबार छापावाल सुन प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढेको हो। आइतबारका लागि चाँदीको मूल्य प्रतितोला १३ सय ६५ रुपैयाँ तोकिएको छ। शुक्रबार चाँदी प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। 


प्रकाशित : आइतबार, चैत २७ २०७८०५:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend