मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

क्यासिनो प्रवेश गर्नेसँग ५० रुपैयाँ कर उठाउँदै महानगरपालिका

आइतबार, चैत २७ २०७८
क्यासिनो प्रवेश गर्नेसँग ५० रुपैयाँ कर उठाउँदै महानगरपालिका

काठमाडौं महानगरपालिकाले क्यासिनो प्रवेश गर्ने ग्राहकसँग ५० रुपैयाँका दरले कर बुझाउन सूचना जारी गरेको छ। आर्थिक ऐन २०७८को अनुसूची ३ अनुसार क्यासिनो सञ्चालन गर्नेहरुले प्रतिव्यक्ति ५० रुपैयाँका दरले मनोरञ्जन कर बुझाउन सूचना जारी गरेको हो।

काठमाडौं- काठमाडौं महानगरपालिकाले क्यासिनो प्रवेश गर्ने ग्राहकबाट थप कर उठाउने भएको छ। 

महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै प्रति ग्राहक  ५० रुपैयाँका दरले कर संकलन गरेर  बुझाउन क्यासिनो सञ्चालकहरूका नाममा  सूचना जारी गरेको हो। 

आर्थिक ऐन २०७८ को अनुसूची ३ अनुसार क्यासिनो सञ्चालन गर्नेहरुले प्रतिव्यक्ति ५० रुपैयाँका दरले मनोरञ्जन कर बुझाउन सूचना जारी गरेको हो।

यसैगरी महानगरपालिकाले चलचित्र घरमा चलचित्र प्रदर्शन गर्दा दर्शकहरुबाट प्रति टिकट ५ रुपैयाँका दरले संकलन भएको रकम समेत बुझाउन आग्रह गर्दै सूचना जारी गरेको हो।

यसैगरी भिडियो घर, कन्र्सट, दोहोरी साँझ, डान्सबार तथा नाइट क्लब प्रवेश गर्ने प्रतिग्राहकबाट २० रुपैयाँका दरले संकलन भएको रकम समेत बुझाउन काठमाडौं महानगपालिकाले सूचना जारी गरेको हो।

यसैगरी सांस्कृतिक प्रदर्शन हल, थियटर÷नाटक घर, फनर्पाक, वाटर गार्डेन, बाल उद्यान, फुटसल, जुम्बा, मसाज,  एवं स्पा, स्विमिङ पुल र पार्क प्रवेश गर्दाको एकमुष्ट प्रतिटिकटको २ प्रतिशतका दरले मनोरञ्जन कर बुझाउन सूचना जारी गरेको हो।


प्रकाशित : आइतबार, चैत २७ २०७८०४:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend