शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

लाइसेन्सको नयाँ फारम अर्को सातादेखि खुल्ने

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज ४ २०७८
लाइसेन्सको नयाँ फारम अर्को सातादेखि खुल्ने

लाइसेन्स लिन चाहनेहरुको संख्या बढ्दै गएकाले विभागले नयाँ लाइसेन्सका लागि फारम खुलाउने तयारी गरेको विभागका महानिर्देशक नमराज घिमिरेले बताए।

काठमाडौं- यातायात व्यवस्था विभागले कोरोना बढेसँगै रोकेको सवारी चालन अनुमति पत्र (लाइसेन्स)को नयाँ फारम खोल्ने भएको छ। विभागले निषेधाज्ञा सुरु भएसँगै बैशाख १६ देखि रोकिएको लाइसेन्सको नयाँ फारम आगामी सातादेखि खोल्ने भएको हो।

कोरोना भाइरस संक्रमण बढेसँगै जारी निषेधाज्ञाका कारण रोखिएको लाइसेन्सको परीक्षा भने विभागले भदौ २० बाट सुरु गरेको थियो। यातायात व्यवस्था विभागले भदौ दोस्रो साता परीक्षा सञ्चालन मापदण्ड तय गरेर परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो। 

लाइसेन्स लिन चाहनेहरुको संख्या बढ्दै गएकाले विभागले नयाँ लाइसेन्सका लागि फारम खुलाउने तयारी गरेको विभागका महानिर्देशक नमराज घिमिरेले बताए। ‘निषेधाज्ञासँगै रोकिएका ट्रायल परीक्षा र फारम भरेका तर अन्य प्रक्रिया बाँकी रहेकाहरुलाई भदौ २० बाट प्रक्रिया सुरु गरिसकिएको छ,’ घिमिरेले भने, ‘अर्को साताबाट हामीले नयाँ लाइसेन्स लिन चाहनेहरुका लागि समेत फारम खुला गर्ने गरि तयारी गरिरहेका छौं।’ 

विभागले ‘कोभिड १९ संक्रमणको विशेष अवस्थामा सवारी चालक अनुमति पत्र परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड २०७८’ स्वीकृत गरिसकेको छ। उक्त मापदण्डमा परीक्षा सञ्चालन गर्दा अवनाउनु पर्ने सुरक्षा सावधानीबारे उल्लेख छ।  

सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड लागु गराउन सक्ने गरि कार्यालयको जनशक्ति र परीक्षा सञ्चालनका लागि आवश्यक भवन र परीक्षा हलको उपलब्धताका आधारमा एक सिफ्टमा बढीमा १ सय जना परीक्षार्थीको परीक्षा गराउन सकिने मापदण्डमा भनिएको छ। 

त्यस्तै एउटा कोठामा २५ जना परीक्षार्थी हरने गरि परीक्षा व्यवस्थापन गर्न सकिने विभागले जनाएको छ। मापदण्डमा विभागले परीक्षा केन्द्रमा उपस्थित हुने समय, पालना गर्नुपर्ने नियमको स्पष्ट व्यवस्था गरेको छ। 

लाइसेन्सको परीक्षा सञ्चालन गर्ने कार्यालयले खुल्ला ठाउँ भएको विद्यालय वा अन्य भवनलाई लिखित परीक्षाको लागि खोजी गरि प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ। 

देशभर लिखित परीक्षा दिन फारम भरेर बसेका र लिखित पास गरेर ट्रायल परीक्षा दिन कुरिरहेकाको संख्या ६ लाख भन्दा बढी रहेको विभागले जनाएको छ। 

काठमाडौं उपत्यकामा लाइसेन्सका ४ वटा कार्यालय छन्। अन्य हरेक प्रदेशमा दुईवटासम्म लाइसेन्स कार्यालय छन्। विभागले ट्रायल पास गर्ने परीक्षार्थीलाई परीक्षणकालील लाइसेन्स दिने बतााएको छ।


प्रकाशित : सोमबार, असोज ४ २०७८०८:०१
  • सम्बन्धित विषय:

  • # लाइसेन्स
  • # नयाँ लाइसेन्स
  • # लाइसेन्स ट्रायल
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend