मंगलबार, असोज १ गते २०८१    
images
images

कोभिड कहरपछि जुर्मुराउँदै पर्यटन

images
शनिबार, चैत २६ २०७८
images
images
कोभिड कहरपछि जुर्मुराउँदै पर्यटन
फाइल तस्बिर

कोभिड कहरपछि विस्तारै लयमा फर्किंदै गरेको मुलुकको पर्यटन क्षेत्र चलायमान बन्दै गइरहेको छ।

images
images

काठमाडौं- वसन्त ऋतुको आगमन पर्वतारोहण र पदयात्राका लागि उपयुक्त मौसम मानिन्छ। त्यसैले हजारौँ सङ्ख्याका विदेशी पर्यटक पर्वतारोहण र पदयात्राका लागि नेपालका गन्तव्यतिर लम्किरहेका छन्।

images
images
images

कोभिड कहरपछि विस्तारै लयमा फर्किंदै गरेको मुलुकको पर्यटन क्षेत्र चलायमान बन्दै गइरहेको छ। अघिल्लो वर्षको तुलनमा सन् २०२२ को सुरुआती चरणमा विदेशी पर्यटक आगमन पनि क्रमिकरूपमा बढिरहेको छ।

 पर्यटकीय गतिविधि पनि बढेको छ। वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न स्वदेशी तथा विदेशी पर्वतारोही धमाधम गन्तव्यतिर निस्किएका छन्। पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार सगरमाथामा २३ सहित विभिन्न ६१ हिमाल आरोहणका लागि ५०० भन्दा बढी आरोहीले आरोहणको अनुमति लिएका छन्।

‘बीबीसी मास्टर सेफः द प्रोफेसनल २०२०’ का फाइनालिस्ट सेलीब्रेटी सेफ सन्तोस साहसहितको टोली यही चैत २४ गते नेपाल आएर नेपालको मौलिक संस्कृति र खानामार्फत गन्तव्यको प्रचारप्रसारमा निस्किएका छन्।

images

सेफ टोली १० दिनसम्म विभिन्न गन्तव्यमा पुगेर प्रवद्र्धनात्मक गतिविधिमा सहभागी हुनेछ। नेपाल पर्यटन बोर्डले देशका सातै प्रदेशमा डोमेस्टिक ट्राभल मार्ट गरिरहेको छ। सुदूरपश्चिम ट्राभलमार्ट चैत २५ गतेदेखि सुरु भएको छ। पर्यटकीय राजधानीको रूपमा कहलिएको पोखरामा १७औँ फेवा महोत्सव चैत ३० गते देखि वैशाख १ गतेसम्म आयोजना हुँदैछ। नयाँ वर्षको सन्दर्भमा प्रमुख पर्यटकीय गन्तव्यमा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढेको छ।

ठमेलका होटल भरिभराउ

काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलका होटलहरु यतिखेर आन्तरिक तथा विदेशी पर्यटकले भरिन थालेका छन्। कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका होटल पछिल्लो समय आन्तरिक तथा विदेशी पर्यटक आउन थालेसँगै ठमेल क्षेत्रका पनि व्यवसायीहरु पनि उत्साहित छन्।

काठमाडौँ महानगरपालिका-१६ ठमेलमा सञ्चालित चारतारे होटल रमदा ईन्कोर काठमाडौँका महाप्रबन्धक महेश फुँयाल होटलमा विदेशी पर्यटकको सङ्ख्या बढेको बताए । ‘९० कोठा रहेको रमदा होटलमा ७० भन्दा बढी कोठा दैनिक भरिँदै आएको छ, यसले हामीमा उत्साह थपेको छ’, महाप्रबन्धक फुँयालले भने। उक्त होटलमा हाल अमेरिकी, भारतीय र युरोपेली पर्यटक धेरै आएको उनको भनाइ छ। 

ठमेलस्थित यात्री होटल ठमेलका सञ्चालक एवं टानका पूर्व उपाध्यक्ष नीलहरि बाँस्तोला मुलुकको पर्यटन क्षेत्रमा सकारात्मक लक्षण देखिएको बताए ।कोरोनासँगै ध्वस्त भएको नेपालको पर्यटन क्षेत्रलाई पुनःउत्थान गर्नका लागि सरकारले विभिन्न देशका राजदूत र वाणिज्यदूतलाई राखेर नेपाल खुला भएको सन्देश दिनु पर्नें उनको भनाइ छ।

काठमाडौँको सोह्रखुट्टेमा सञ्चालित निवास बुटिकका सञ्चालन सुदर्शन नेपालले चिनियाँबाहेक अन्य देशका पर्यटकको सङ्ख्यामा वृद्धि भएको बताए। ‘नेपालमा कोरोना छैन, पीसीआर चाहिँदैन भन्ने सन्देश आम पर्यटकलाई दिन सके पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने थियो’, उनले भने।

पर्यटक आगमन निरन्तर बढदै

नेपाल पर्यटन वोर्डका अधिकृत कवीन्द्र भट्टले मार्चमा मात्र हवाई मार्ग भएर ४२ हजार छ जना विदेशी पर्यटक नेपाल भित्रिएको बताए । सन् २०२२ को जनवरीदेखि मार्चसम्म ७८ हजार ७४७ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । ‘भारतीय पर्यटक सन् २०१९ को मार्चमा भित्रिएको भन्दा सन् २०२२ को मार्चमा धेरै भित्रिएका छन्, यो नेपालको पर्यटन उद्योगका लागि सुखद कुरा हो’, उनले भने।

नेपाल पर्यटन बोर्डले अध्यागमन विभागलाई उध्रृत गर्दै उपलब्ध गराएको तथ्याङ्क अनुसार मार्चमा हवाई मार्ग भएर कूल ४२ हजार ६ जना पर्यटक नेपाल भित्रिएका हुन्। अघिल्लो वर्ष सन् २०२१ को मार्च महिनामा १४ हजार ९७७ पर्यटक नेपाल आएका थिए। वर्षको मार्च महिनाको पर्यटक आगमन कोभिड महामारीपछि सबैभन्दा बढी हो। 

यो वर्षको सुरुआती महिनादेखि निरन्तररूपमा विदेशी पर्यटक आगमन बढिरहेको छ। सन् २०२२ को जनवरीमा १६ हजार ९७५ र फेब्रुअरीमा १९ हजार ७६६ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपालमा हिमाल आरोहणको सिजन भएकाले पनि विदेशी पर्यटक बढेका हुन्।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मी भारत र बङ्गलादेशका पर्यटकलाई लक्षित गरेर बोर्डले विभिन्न कार्यक्रम सञ्चालन गर्दा नेपाल आउने भारतीय र बङ्गलादेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको बताए । ‘लामो समयदेखि कोरोनाले थलिएको नेपालको पर्यटन क्षेत्रले विस्तारै गति लिँदै गएको छ’, उनले। 

विदेशी मुद्राआर्जन गर्ने प्रमुख स्रोत विदेशी पर्यटक आगमनको यो सुधारले पर्यटन क्षेत्रलाई सकारात्मक ऊर्जा मिलेको उनको भनाइ छ। प्रमुख रेग्मीले विभिन्न नाका हुँदै नेपाल भित्रिने भारतीय पर्यटकलाई सहजरूपमा भित्रिने वातावरण सरकारले निर्माण गर्नुपर्ने बताबताए।

पर्यटक विस्तारै जुर्मुराउँदैछ– होटल संघ

होटल व्यवसायीको छाता संगठन होटल संघ नेपालले कोभिडपछि विस्तारै मुलुकको पर्यटन क्षेत्र लयमा फर्किंदै गरेको जनाएको छ। सङ्घका कार्यवाहक अध्यक्ष विनायक शाहले दुई वर्षको उकुसमुकुपछि पर्यटन विस्तारै जुर्मुराउँदै गएको बताए। 

पछिल्ला दिनमा पर्यटन क्षेत्रमा देखिएको गतिविधिले नेपालको पर्यटन सुरक्षित रहेको र पाहुनाको पर्खाइमा रहेको सन्देश दिइरहेको छ।

आगामी सिजनका लागि होटलमा राम्रो ‘इन्क्वाइरी’ आइरहेकाले पनि व्यवसायीलाई उत्साहित बनाएको उजको भनाइ छ। कार्यवाहक अध्यक्ष शाहले पर्यटक आगमन बढाउन एक महिना निःशुल्क भिसालगायतका प्याकेज घोषणा गर्नसकिए आउने दिन पर्यटनका लागि सुखद रहने उल्लेख गरे। 

पोखराका होटल व्यवसायी भरतराज पराजुलीले पोखरामा पर्यटकीय गतिविधि बढेकाले व्यवसायी उत्साहित भएको बताए। उनले पोखरा वरिपरिका साहसिक पर्यटकीय गन्तव्यको विकास प्रवद्र्धनले देशको पर्यटनमा बहार छाएको उल्लेख गरे। रासस


प्रकाशित : शनिबार, चैत २६ २०७८०७:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend