मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

उपत्यकाको सवारी भाडा बढ्यो, नयाँ वर्षदेखि लागु हुने

शनिबार, चैत २६ २०७८
उपत्यकाको सवारी भाडा बढ्यो, नयाँ वर्षदेखि लागु हुने

वृद्धि भएको भाडादर बैशाख १ देखि लागु हुनेछ।

काठमाडौं- बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातकाे भाडा बढाएको छ। प्रदेश सरकारले एक सूचनामार्फत भाडा बढाएको हो। वृद्धि भएको भाडादर बैशाख १ देखि लागु हुनेछ।

काठमाडौं उपत्यकामा अब यात्रुले सार्वजनिक सवारी चढ्ने वित्तिकै २० रूपैयाँ भाडा तिर्नु पर्ने छ। यसअघि सार्वजनिक सवारी चढ्ने वित्तिकै उपत्यकामा १८ रूपैयाँ तिरे पुग्थ्यो।

उपत्यकाका लागि (छोटो रूट) किलोमिटरअनुसार भाडादर कायम गरिएको छ। उपत्यकामा अब अधिकतम् ३८ रूपैयाँसम्म भाडा लाग्ने छ।

त्यस्तै बागमती प्रदेशमा चल्ने मिटर जडित ट्याक्सीको पनि भाडा बढेको छ। पेट्रोलबाट चल्ने मिटर जडित ट्याक्सीमा सुरूमा ५० रूपैयाँ र प्रति २०० मिटरमा १० रूपैयाँ भाडा लाग्ने छ। यसअघि प्रति २०० मिटरमा ९ रूपैयाँ ८० पैसा भाडा लाग्दै आएको थियो।

IMG_20220409_100852.jpg

IMG_20220409_100918.jpg


प्रकाशित : शनिबार, चैत २६ २०७८०४:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend