मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

महासंघको टोलीसँग उद्योगमन्त्री बडूले भने - व्यवसायीका समस्या समाधानमा पहल गर्छु  

शुक्रबार, चैत २५ २०७८
महासंघको टोलीसँग उद्योगमन्त्री बडूले भने - व्यवसायीका समस्या समाधानमा पहल गर्छु  

उद्योगमन्त्रीबाट यस क्षेत्रको समग्र समाधानमा चालिने प्रयासमा महासंघले पूर्ण सहयोग गर्ने विश्वास पनि दिलाए

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूसँग शुक्रबार भेट गरेको छ।  

सो अवसरमा महासंघले लामो समयपश्चात उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रले नेतृत्व पाएकोमा खुशी प्रकट गर्दै विद्यमान चुनौतीपूर्ण घडीमा उद्योग व्यवसायका समस्या समाधानका लागि आग्रह गरेको हो। 

भेटवार्तामा महासंघका अध्यक्ष गोल्छाले तरलता अभाव, चर्को व्याजदर, विद्युत कटौती, इन्धनको चर्को मूल्य वृद्धिका कारण औद्योगिक व्यवसायिक लागत अत्याधिक बढेकाले निकास दिन नवनियुक्त मन्त्रीसमक्ष अनुरोध गरे।

उद्योगमन्त्रीबाट यस क्षेत्रको समग्र समाधानमा चालिने प्रयासमा महासंघले पूर्ण सहयोग गर्ने विश्वास पनि दिलाए।   

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षहरु दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र संघाई, कोषाध्यक्ष सुकुन्तलाल हिराचन, महानिर्देशक गोकर्णराज अवस्थीको सहभागिता रहेको थियो। सो अवसरमा मन्त्री बडूले निजी क्षेत्रसँग सहकार्य गर्न आफू सदैव तयार रहेको बताए।  

विद्यमान समस्याका विषयमा महासंघले राखेका चासोप्रति आफूपनि अत्यन्त गम्भीर रहेको र यस सम्बन्धमा आफूले छिट्टै बृहद छलफलको आयोजना गरी एउटा निकास दिन प्रयत्न गर्ने विश्वास मन्त्री बडूले दिलाएका थिए। 


प्रकाशित : शुक्रबार, चैत २५ २०७८१२:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend