मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

श्रीलंका र टर्कीबाट सिकौँ, क्षमताले नधान्ने आयात नगरौँ : गभर्नर 

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत २५ २०७८
श्रीलंका र टर्कीबाट सिकौँ, क्षमताले नधान्ने आयात नगरौँ : गभर्नर 

पछिल्लो समय रेमिट्यान्समा वृद्धि, पर्यटक गतिविधिमा भएको सुधारले केही सकारात्मक संकेत गरेपनि बाह्य क्षेत्रको सन्तुलनका लागि आयात प्रतिस्थपान गर्ने दीर्घकालीन नीति आवश्यक रहेको उनको भनाइ छ। 

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाली अर्थतन्त्रको बाह्य क्षेत्रलाई सन्तुलित बनाउनुपर्ने बताएका छन्। 

शुक्रबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको 'नेसनल कन्फ्रेन्स अन इकोनमिक्स एण्ड फाइनान्स' कार्यक्रममा बोल्दै उनले अत्याधिक आयातलाई नरोकेसम्म बाह्य क्षेत्र सन्तुलित र भरपर्दो नहुने बताएका हुन्। 

अर्थतन्त्रले धान्नेभन्दा बाहिर गएर  भइरहेको आयात थेग्न नसकिने अवस्थामा पुगिएको र यसले गर्दा निरन्तर डलर सञ्चिति खस्किँदै आएको उनको भनाइ छ। 'यो हामीले देखिरहेका छौं। रेमिट्यान्स बाहेक अरु विदेशी मुद्राका मुख्य स्रोत नभएको हाम्रो जस्तो मुलुकमा अत्याधिक आयात सम्भव छैन' उनले भने 'यो समस्या समाधान गर्नका लागि हामी सबैको पहल आवश्यक छ।' 

पछिल्लो समय रेमिट्यान्समा वृद्धि, पर्यटक गतिविधिमा भएको सुधारले केही सकारात्मक संकेत गरेपनि बाह्य क्षेत्रको सन्तुलनका लागि आयात प्रतिस्थपान गर्ने दीर्घकालीन नीति आवश्यक रहेको उनको भनाइ छ। 

प्रकाशित : शुक्रबार, चैत २५ २०७८०९:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend