आइतबार, असोज ६ गते २०८१    
images
images

पहाडी र हिमाली भेगमा केन्द्रित सिँचाइ आयोजनामा जोड दिनुपर्छ : मन्त्री भुसाल

images
शुक्रबार, चैत २५ २०७८
images
images
पहाडी र हिमाली भेगमा केन्द्रित सिँचाइ आयोजनामा जोड दिनुपर्छ : मन्त्री भुसाल

पहाडी र हिमाली भेगमा सिँचाइ पुर्‍याउन सके खाद्यान्न उत्पादनमा वृद्धि भएर आत्मनिर्भर हुन सकिने उनीको भनाइ छ।

images
images

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले आगामी दिनमा सिँचाइका आयोजनाहरु पहाडी र हिमाली भेगमा बनाउनुपर्ने बताएकी छिन्।

images
images
images

शुक्रबार सिँचाइ दिवसको अवसरमा जलस्रोत तथा सिँचाइ विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री भुसालले आगामी दिनमा सिँचाइका आयोजनाहरु देशको पहाडी र हिमाली भागमा केन्द्रीत गर्नुपर्ने बताएकी हुन्।

राष्ट्रिय गौरवका आयोजनाहरु तराई केन्द्रित भएको उल्लेख गर्दै उनले खेतियोग्य जमिन पहाड र हिमालमा पनि भएकाले सो भेगमा सिँचाइ सुविधा पुर्‍याउने गरी आगामी दिनमा नीति तथा योजना तर्जुमा गर्नुपर्ने बताइन्। पहाडी र हिमाली भेगमा सिँचाइ पुर्‍याउन सके खाद्यान्न उत्पादनमा वृद्धि भएर आत्मनिर्भर हुन सकिने उनीको भनाइ छ।

‘हाम्रो उर्वरा जमिन एकदम घनिभुत ढंगले तराई, मधेश हो। हाम्रो सबै राष्ट्रिय गौरव लगायतका आयोजनाहरु तराई केन्द्रित छन्। तर फेरी उर्वरा जमिन पहाडमा पनि छ। हिमाली भेगमा पनि छ। हामीले त्यसलाई पनि सम्बोधन गर्ने नीति, योजना, कार्यक्रम ल्याउनुपर्छ भन्ने मेरो अनुभुतिको विषय हो। अब हामीले सिँचाइको आयोजना बनाउँदा त्यो पहाडको सिँचाइ, हिमाली भेगका जग्गा जमिनमा सिँचाइको व्यवस्था पुर्‍याउँ,' उनले भनिन्, 'हामीले सिँचाइ पुर्‍यायौँ भने त्यसले खाद्यान्नमा योगदान गर्न सक्नेछ । त्यसले रोजगार पनि त्यहीँ सृष्टि गर्छ। खाद्यान्नमा पनि हामी आत्मनिर्भर हुन सक्छौँ। र अव्यवस्थित बसोबासलाई पनि रोक्न सक्छ, राष्ट्रले ठूलो लगानीमा गरेको भौतिक पूर्वाधारको पनि भरपुर उपयोग हुन्छ। त्यतातिर केन्द्रीत हौँ,’ उनीले भनिन्।

images

मन्त्री भुसालले देशमा आर्थिक तरलताको स्थिति भएपनि आर्थिक संकट भने नरहेको बताइन्। उनीले श्रीलंकाको अवस्था जस्तो हुने हो कि भनेर अतिरञ्जित गरिएको बताइन्। उनीले आयातित वस्तुलाई प्रयोग नगरेर आफ्नै देशमा उत्पादित वस्तुहरुको प्रयोग गर्नुपर्नेमा जोड दिनु पर्ने बताइन्। उनीले कृषिमा आत्मनिर्भर, पर्यटन र जलविद्युतको विकास भएमात्र देशमा आर्थिक समृद्धि हुने बताइन्।


प्रकाशित : शुक्रबार, चैत २५ २०७८०८:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend