मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

३१ कर्मचारी र १० कोठामा रहेका ग्राहकलाई भित्रै राखेर धर्मशालामा सरकारको ताला

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत २५ २०७८
३१  कर्मचारी र १०  कोठामा रहेका ग्राहकलाई भित्रै राखेर धर्मशालामा सरकारको ताला

यो धर्मशाला २०७६ वैशाखदेखि  बतास समुहको आनन्द होटल प्रालिले सञ्चालन गर्दै आएको छ।

काठमाडौं- पशुपति विकास क्षेत्र कोषले होटल आनन्द प्रालिले सञ्चालन गरिरहेको नेपाल-भारतमैत्री पशुपति धर्मशालामा बाहिरबाटै ताल्चा लगाएको छ।

कोषले उच्च अदालत पाटनले २७ गतेको पेसी तोकेको र काठमाडौं जिल्ला अदालतमा बहस जारी भइरहेको अवस्थामा धर्मशालामा ताला लगाएको हो।

धर्मशालामा रहेका कर्मचारीले अदालतको आदेश नआउँदासम्म कुनै पनि काममा सहयोग नगर्ने बताउँदै कोषका कर्मचारीलाई  धर्मशाला भित्र छिर्न दिएका थिएन।

बिहान १० बजे नै  धर्मशाला आनन्द होटल प्रालिसँग खोसेर नाथमलाई दिने योजनाका साथ कोषका पदाधिकारी तथा कर्मचारी धर्मशाला पुगको थिए।

तर होटलका कर्मचारीले अदालतको आदेश नआउँदासम्म कोषका कर्मचारीलाई भित्र छिर्न नदिने बताएका थिए। भित्र छिर्न नपाएपछि कोषका कर्मचारीले धर्मशालामा काम गरिरहेका ३१ जना कर्मचारी र १० वटा रुममा रहेका ग्राहकलाई नै भित्र राखेर ताल्चा लगाएको हो।

यो धर्मशाला २०७६ वैशाखदेखि बतास समूहको आनन्द होटल प्रालिले सञ्चालन गर्दै आएको छ।


प्रकाशित : शुक्रबार, चैत २५ २०७८०८:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend