बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

नाडा टोलीले प्रधानमन्त्री देउवालाई भेटेर भन्यो- गाडीको एलसी खोल्ने कार्यलाई निरन्तरता दिलाइदिनुस् 

शुक्रबार, चैत २५ २०७८
नाडा टोलीले प्रधानमन्त्री देउवालाई भेटेर भन्यो- गाडीको एलसी खोल्ने कार्यलाई निरन्तरता दिलाइदिनुस् 

सो छलफलमा महासचिव सुरेन्द्रकुमार उप्रेतिले अटोमोवाइलक्षेत्रको ठूलो योगदानका बावजूद पनि सरकारका नीतिहरु हमेशा अटोमोवाइल व्यवसायीहरुलाई निरुत्साहित गर्ने खालको हुने गरेको गुनासो गरे। 

काठमाडौं- नाडा अटोमोबाइल्स एसोसिएरन अफ नेपालले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको हो। राष्ट्र बैंकले मौखिक निर्देशनका भरमा वाणिन्य बैंकका सीईओहरुलाई बोलाएर एलसी नखोल्न दिएको निर्देशनपछि स्रिजित अवस्था बारे नाडाले प्रधानमन्त्री देउवालाई जानकारी गराएको हो। 

उक्त भेटघाटमा अध्यक्ष थापाले २ खर्बभन्दा बढीको लगानी रहेको, हरेक वर्ष १ खर्ब ५० अर्बभन्दा बढी राजस्वमा योगदान पुर्‍याउँदै आएको र देशको प्रत्यक्ष रोजगारीमा ५० हजारभन्दा बढीलाई अवसर दिँदै आएको अटोमोबाइलक्षेत्रलाई हचुवाका भरमा दिइएको मौखिक निर्देशनले अन्यौलता ल्याएको बताएका हुन्। 

बैंक तथा वित्तीय निकायहरुले सम्पूर्ण सवारी तथा ढुवानीका साधनलगायत त्यसमा प्रयोग हुने स्पेयर पार्टसको आयातका लागी प्रतितपत्र (एलसी) खोल्ने सम्बन्धमा व्यवसायीहरुलाई कुनै समय नै नदिइ अप्रत्यासित रुपमा बन्द गरिएको सम्बन्धमा गुनासो गर्दै यसबारे तत्काल सम्बोधन गरि दिन नाडा टेलीले प्रधानमन्त्रीलाई आग्रह गरेको हो। 

सो छलफलमा महासचिव सुरेन्द्रकुमार उप्रेतिले अटोमोवाइलक्षेत्रको ठूलो योगदानका बावजूद पनि सरकारका नीतिहरु हमेशा अटोमोवाइल व्यवसायीहरुलाई निरुत्साहित गर्ने खालको हुने गरेको गुनासो गरे। 

छलफलका क्रममा प्रधानमन्त्रीले नाडाको सुझावहरुलाई सकारात्मक रुपमा लिदै सवारी साधनहरुको आयातका लागी प्रतितपत्र खोल्न बन्द गरिएको सन्दर्भमा त्यसबारे आवश्यक जानकारी लिइ सम्बन्धित निकायमा निर्देशन दिइने आश्वासन समेत दिएका थिए। सो छलफलमा नाडाका कोषाध्यक्ष मिलनबाबु मल्ल तथा केन्द्रीय कार्य समिति सदस्य निराकार श्रेष्ठ समेतको उपस्थिति रहेको थियो। 


प्रकाशित : शुक्रबार, चैत २५ २०७८०७:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend