काठमाडौं- साताको अन्तिम दिन शुक्रबार छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढेर ९९ हजार ५ सय रुपैयाँ कायम भएको छ। बिहीबार नेपाल बजारमा छापावाल सुन प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढेको छ। शुक्रबारका लागि चाँदीको मूल्य प्रतितोला १३ सय ५५ रुपैयाँ तोकिएको छ। बिहीबार चाँदी प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।