बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

प्रकाश ज्वालाका छोरा संगिन बिसी निगम सञ्चालकमा नियुक्त

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत २४ २०७८
प्रकाश ज्वालाका छोरा संगिन बिसी निगम सञ्चालकमा नियुक्त

बिसीसँगै क्याप्टेन सुधिर राईलाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निगमको सञ्चालकमा नियुक्त गरेको हो।  केहि दिन अघि मात्र निगममा रहेका दुई जना संचालकहरु फुरगेल्जे शेर्पा र इश्वरी पौडेललाई हटाएका थिए ।

काठमाडौं-एकिकृत समाजवादीका नेता प्रकाश ज्वालाका छोरा संगिन बिसी नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्यमा नियुक्त भएका छन्।

बिसीसँगै क्याप्टेन सुधिर राईलाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निगमको सञ्चालकमा नियुक्त गरेको हो।  केहि दिन अघि मात्र निगममा रहेका दुई जना संचालकहरु फुरगेल्जे शेर्पा र इश्वरी पौडेललाई हटाएका थिए ।

संस्कृती,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले आफु निकटका व्यक्तिहरुलाई सदस्यमा नियुक्त गर्न भन्दै यस अघिका दुई जना सदस्यहरुलाई बैंठकमा उपस्थीत हुन नदिएर बर्खास्त गरेका थिए। 

प्रकाशित : बिहीबार , चैत २४ २०७८१६:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend