बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि तीनजना सिफारिस

बिहीबार , चैत २४ २०७८
नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि तीनजना सिफारिस

सिफारिस भएकामध्ये पहाडी कम्पनीमै कार्यरत छन् भने आचार्य पूर्वप्रबन्ध निर्देशक हुन्। 

काठमाडौं- नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिका लागि तीनजना सिफारिस भएका छन्। 

कम्पनीमा खाली रहेको प्रबन्ध निर्देशक छनौट समितिले तीनजनाको नाम सिफारिस गरेको हो। प्रबन्ध निर्देशक छनौटका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालको संयोजकत्वमा समिति गठन भएको थियो। 

समितिले इच्छुकबाट आवेदन माग गरेकोमा ९ जना अन्तर्वार्ताका लागि छानिएका थिए। चैत २२ र २३ गते भएको अन्तर्वार्ताबाट तीन जनालाई सिफारिस गरेको हो। 

स्रोतले दिएको जानकारीअनुसार संगीता पहाडी, बुद्धिप्रसाद आचार्य र सुनिल पौडेलको नाम सिफारिस भएको छ। 

सिफारिस भएकामध्ये पहाडी कम्पनीमै कार्यरत छन् भने आचार्य पूर्व प्रबन्ध निर्देशक हुन्। पौडेल राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कार्यकारी निर्देशक छन्। 


प्रकाशित : बिहीबार , चैत २४ २०७८१०:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend