बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

कानून मन्त्रीमा नियुक्त भए गैरसांसद गोविन्द बन्दी

बिहीबार , चैत २४ २०७८
कानून मन्त्रीमा नियुक्त भए गैरसांसद गोविन्द बन्दी

उनले अबको ६ महिनाभित्र संघीय संसदको सदस्यता लिनुपर्छ। अन्यथा मन्त्री पद स्वत: खारेज हुने व्यवस्था रहेको छ। 

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा गोविन्द बन्दीलाई नियुक्त गरेकी छिन्। 

सत्ता साझेदार दल एकीकृत समाजवादीका अध्यक्ष नेपालको सिफारिसमा देउवाले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा गोविन्द बन्दीलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए।

राष्ट्रपति भण्डारीले मौजुदा मन्त्रिपरिषद्‍मा नेपालको संविधानको धारा, ७८ को उपाधारा (१) बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई मन्त्री नियुक्त गरेकी हुन्।

राष्ट्रपति भण्डारीबाट नवनियुक्त कानूनमन्त्री बन्दीले बिहीबार नै पद तथा गोपनीयताको शपथ लिइसकेका छन्। उनले अबको ६ महिनाभित्र संघीय संसदको सदस्यता लिनुपर्छ। अन्यथा मन्त्री पद स्वत: खारेज हुने व्यवस्था रहेको छ। 

अधिवक्ता रहेका गोविन्द बन्दी समाजवादीका अध्यक्ष नेपालसँग नजिक रहेका छन्। देउवा नेतृत्वमा सरकार गठनका लागि माधव नेपाल निकट रहेर उनले कानूनी सल्लाह दिएको बताइन्छ।

नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले नवनियुक्त कानूनमन्त्री गोविन्द बन्दीलाई सत्तारुढ दलको साझा व्यक्तिको रुपमा मन्त्रिमण्डलमा समावेश गरिएको बताएका छन्। 

'पहिलेदेखि नै पार्टीको कोटाबाट गोविन्दजीलाई मन्त्रीमा राख्ने भन्ने ढंगले कुरा आएपछि हामीले पार्टीको कोटाबाट होइन उहाँलाई साझा बनाएर लानुपर्छ भन्ने कुरा नै गरेका थियौँ। उहाँलाई साझा बनाएर लाने भनेको अहिलेसम्म किन भएन भन्ने कुराहरू बीच बीचमा पनि हुँदै नै आएका थिए। त्यसै सन्दर्भमा अहिले त्यो विषय अगाडि बढेको हो' उनले भनेका छन्। 

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार सम्हाल्दै आएका मन्त्री दिलेन्द्रप्रसाद बडूलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्हाल्ने गरी नियुक्ति एवं कार्यभार पनि तोकिसकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

nast electric scooter.jpg


प्रकाशित : बिहीबार , चैत २४ २०७८०८:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend