शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

चार दिनमा सरकारले खर्चियो २० करोड

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज ४ २०७८
चार दिनमा सरकारले खर्चियो २० करोड

संविधानले दिएको छुटबाट सरकारले चालु तर्फ २० करोड खर्च गरेको हो। 

काठमाडौं- सरकारले गएको चार दिनमा २० करोड रुपैयाँ खर्च गरेको छ। 

प्रतिस्थापन विधेयक संसदबाट पारित नभएपछि भदौ ३१ गतेदेखि सार्वजनिक खर्च गर्ने अधिकार गुमाएपछि सरकारले चार दिनमा २० करोड खर्चिएको हो। 

संविधानले संसदको अनुमति बिना खर्च पाइने भनेर तोकिएका ११ शीर्षकमा यो खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ। 

संविधाले विभिन्न संवैधानिक निकाय, संसद, विदेशी ऋण भुक्तानी जस्ता विभिन्न शीर्षकमा खर्च गर्न संसदबाट अनुमति लिन नपर्ने व्यवस्था गरेको छ। 

संविधानले दिएको छुटबाट सरकारले चालु तर्फ २० करोड खर्च गरेको हो। 


प्रकाशित : सोमबार, असोज ४ २०७८०५:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend