आइतबार, असोज ६ गते २०८१    
images
images

च्याङथापु-फालोट सडक निर्माणमा प्रतिकिलोमिटर ८ करोड ३२ लाख लागत

images
बिहीबार , चैत २४ २०७८
images
images
च्याङथापु-फालोट सडक निर्माणमा प्रतिकिलोमिटर ८ करोड ३२ लाख लागत

यो सडकको प्रतिकिलोमिटर लागत ८ करोड ३२ लाख ४१ हजार ९ सय ६६ रुपैयाँ रहेको ईआईए प्रतिवेदनमा उल्लेख छ। 

images
images

काठमाडौं- सडक विभागले पाँचथरमा नयाँ निर्माण गर्ने भएको छ। विभागले च्याङथापु-फालोट  सडक निर्माण गर्ने भएको हो। यो सडक पाँचथरको याङवरक गाउँपालिका वडा १ मा बन्ने छ। 

images
images
images

उक्त सडक निर्माणका लागि सडक विभागले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गराएको छ। वातावरण मन्त्रालयले १८ किलोमिटर सडकको ईआईए गरेको हो। यो सडकको प्रारम्भबिन्दु याङवरक गाउँपालिकाको च्याङथापु बजार र अन्तिमबिन्दु साही गाउँपालिकाको फालोट रहेको छ। 

सहायक राजमार्ग स्तरको यो सडक चौडाइ ७.५ मिटर रहेको छ भने पिच हुने भाग ७ मिटर हो। यो आयोजनाको कुल लागत १४ अर्ब ९८ करोड ३५ लाख ५ हजार ३ सय ९७ (मूल्य अभिवृद्धि कर सहित) रुपैयाँ रहेको छ।

यो सडकको प्रतिकिलोमिटर लागत ८ करोड ३२ लाख ४१ हजार ९ सय ६६ रुपैयाँ रहेको ईआईए प्रतिवेदनमा उल्लेख छ। 

images

स्ट्यान्डर्ड दुई लेनको यो सडकमा ५० किलोमिटर प्रगिघण्टाको गतिका गाडी कुदाउन सकिने छ। यो सडक ३ वर्षमा निर्माण सकिने अनुमान गरिएको छ।

आयोजनाबाट निर्माण अवधिाम ३ वर्षका लागि ९६ हजार ६ सय ९३ जना दक्ष र ३ लाख ३५ हजार २ सय ५४ श्रमिक दिन अदक्ष स्थानीय जवशक्तिलाई सीप र दक्षताको आधारमा रोजकारी सृजना हुनेछ।

यो सडक निर्माणका क्रममा ३ हजार ४ सय ७१ वटा रुख काटिएका छन्। त्यसबापत आयोजनाले डिभिजन वन कार्यालय पाँचथरको समन्वयमा १ को १० को अनुपातमा रुख रोप्ने र ५ वर्षसम्म हेरबिचार गर्ने छ।  


प्रकाशित : बिहीबार , चैत २४ २०७८०४:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend