बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

ठूला योजना अघि बढाउँदा लागत र प्रतिफलको विश्लेषण गर्नुपर्छ : डा. महत

बुधबार, चैत २३ २०७८
ठूला योजना अघि बढाउँदा लागत र प्रतिफलको विश्लेषण गर्नुपर्छ : डा. महत

नेता महतले विगतमा नयाँ योजनाहरूको नाममा हल्ला हुने गरेको भन्दै चालु योजनाहरू सम्पन्न गर्ने काममा सरकारले ध्यान दिनुपर्ने स्पष्ट पारे। 

काठमाडौं- नेपाली कांग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री डा. रामशरण महतले ठूला योजनाहरू अघि बढाउँदा त्यसमा लाग्ने लागत र प्रतिफलको गम्भीर ढंगले विश्लेषण गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। 

ठूला योजनाहरू अघि बढाउँदा त्यसमा लाग्ने लागत र प्रतिफलको गम्भीर ढंगले विश्लेषण गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए। विगतमा ठूलो खर्च गरेर योजनाहरू अघि बढेको भएपनि त्यसले प्रतिफल दिन नसकेको उनको भनाइ थियो।

बुधबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले चालु योजनाहरू छिटो सम्पन्न गर्ने काममा लाग्न सरकारलाई सुझाव दिएका छन्। 

नेता महतले विगतमा नयाँ योजनाहरूको नाममा हल्ला हुने गरेको भन्दै चालु योजनाहरू सम्पन्न गर्ने काममा सरकारले ध्यान दिनुपर्ने स्पष्ट पारे। 

'चालू योजनाहरूलाई चाँडै सम्पन्न गर्ने, विगतमा ठूल्ठूला योजनाहरू भनेर हल्ला गर्ने प्रवृत्ति देखियो। तर, त्यस्तो होइन। चालू योजनाहरू चाँडो सम्पन्न गरेर नयाँ ठूल्ठूला योजनहरू गर्दा त्यसको प्रतिफल र खर्चको विश्लेषण गरेर मात्रै अगाडि बढाउनुपर्छ। प्रशासनिक क्षमता पनि बढाउनुपर्छ। धेरै आयोजनाहरू सम्पन्न भएका छैनन्। १० वर्षदेखिको सडक आयोजनाहरू काठमाडौंमै सम्पन्न हुन सकेका छैनन्। त्यसलाई सम्पन्न गराउनुपर्‍यो। कर्मचारीको दरबन्दी कटौति गरेर भएपनि विकास खर्च बढाउनु पर्‍यो’ उनले भने। 

नेता महतले कर्मचारीको दरबन्दी कटौती गरेर भएपनि विकास खर्च बढाउन सरकारको ध्यानाकर्षण गराए।


प्रकाशित : बुधबार, चैत २३ २०७८१२:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend