बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

उद्योगीमाथि खनिए कुलमान- बिजुली दिँदा पनि लाेडसेडिङ गराएकाे आराेप

बुधबार, चैत २३ २०७८
उद्योगीमाथि खनिए कुलमान- बिजुली दिँदा पनि लाेडसेडिङ गराएकाे आराेप

'दुईदिन मात्रै समस्या भएकाे थियाे, बाेलाएर छलफल समेत गरेका थियाैं, तर बाहिर लाेडसेडिङ गराएकाे आराेप लगाउने, विज्ञप्ति निकाल्ने काम भयाे,' घिसिङले भने। 

काठमाडाैं- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिजुली दिँदा पनि उद्योगी व्यवसायीहरुले राजनीति गरेकाे आराेप लगाएका छन्।

´दुईदिन मात्रै समस्या भएकाे थियाे, बाेलाएर छलफल समेत गरेका थियाैँ, तर बाहिर लाेडसेडिङ गराएकाे आराेप लगाउने, विज्ञप्ति निकाल्ने काम भयाे,` घिसिङले भने। 

अहिले भारतबाट आवश्यक मात्रमा बिजुली आइरहेकाे समेत उनले बताए। यस वर्ष १० अर्बभन्दा बढी मूल्यकाे बिजुली आयात नहुने तर गत वर्ष २३ अर्बकाे आयात भएकाे समेत उनले बताए। अब बैशाख १५ देखि नेपालकाे बिजुली उत्पादन बढ्दै जाने कुलमाको भनाइ छ।


प्रकाशित : बुधबार, चैत २३ २०७८०९:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend