बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

सेटिङमा दिइएको सुपारी आयातको इजाजत रोक्न सरकारलाई निर्देशन

बुधबार, चैत २३ २०७८
सेटिङमा दिइएको सुपारी आयातको इजाजत रोक्न सरकारलाई निर्देशन

समितिमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पोखरेल र गणेश पाण्डे सहभागी थिए।

काठमाडौं- सेटिङमा विदेशबाट सुपारी आयात गर्न दिइएको इजाजत रोक्न सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ।

प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सुपारी आयात इजाजतपत्र नदिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो।

सिंहदरबारमा बुधबार बसको बैठकमा समितिले यस्तो निर्देशन दिएको हो। समितिका सभापति विमलप्रसाद श्रीवास्तवले सुपारी आयातमा रोक लगाउन निर्देशन दिने निर्णय गरेका हुन्।

डलर सञ्चित कम भएको हुँदा सुपारी आयात रोक लगाउनु पर्ने उनको भनाइ छ। सुपारी आयातको विषय अध्ययन गर्न समितिले विभिन्न ठाउँको स्थलगत अध्ययन समेत गर्ने भएको छ।  

संसदीय समिति अनुगमनका लागि भैरहवा, दाङ र नेपालगञ्जलगायतका जिल्लामा जान लागेको जानकारी दिए। समिति सदस्यहरूले गुट्खा, सुर्तीजन्य पदार्थमा प्रयोग हुने सुपारी आयातमा रोक लगाउनुपर्ने बताएका थिए।

समितिमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पोखरेल र गणेश पाण्डे सहभागी थिए।


प्रकाशित : बुधबार, चैत २३ २०७८०८:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend