शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

आजदेखि क्लियरिङ हाउसले एकै दिनमा भुक्तानी फर्छौट गर्ने

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज ४ २०७८
आजदेखि क्लियरिङ हाउसले एकै दिनमा भुक्तानी फर्छौट गर्ने

क्लियरिङ हाउसका अनुसार आसोज ४ (आज) देखि बिहान ९ बजे देखि ३ बजेसम्म आएका चेकहरु सोही दिन फर्छौट गर्ने भएको छ। 

काठमाडौं- नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बाट सञ्चालित अन्तरबैंक भुक्तानी प्रणाली मार्फत गरिने भुक्तानीलाई झन सहज बनाइने भएको छ।

क्लियरिङ हाउसका अनुसार आसोज ४ (आज) देखि बिहान ९ बजे देखि ३ बजेसम्म आएका चेकहरु सोही दिन फर्छौट गर्ने भएको छ। 

आइतबार देखि बिहिबारसम्म आउने नेपाली मुद्रा र सोमबार देखि बिहिबारसम्म आउने विदेशी मुद्राको फछौट सोही दिन गर्ने भएको हो।

यसअघि पनि बिहान १० बजेखि १ बजेसम्म प्राप्त भुक्तानी आदेशहरु सोही दिन फर्छौट हुने गरेको थियो। त्यस्तै शुक्रबारको दिन १२ः३० बजेसम्म प्राप्त भुक्तानी सोही दिन गरिने व्यवस्था मिलाइएको छ। 

हाल यस प्रणालीमा ५९ बैंक वित्तिय संस्थाहरु आबद्ध रहेका छन्। यस प्रणाली मार्फत प्रति कारोबार २० करोड रुपैयाँसम्मको भुक्तानी गर्न सकिन्छ भने सरकारी भुक्तानी ३० करोड रुपैयाँसम्म, ट्रेजरी पेमेन्ट सम्बन्धी भुक्तानी ५० करोड रुपैयाँसम्म र सरकारी भुक्तानी दुई अर्ब रुपैयाँसम्म गर्न सकिन्। 

 


प्रकाशित : सोमबार, असोज ४ २०७८०२:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend