बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

सुनको मूल्य तोलामा ३ सय रुपैयाँ घट्यो

बुधबार, चैत २३ २०७८
सुनको मूल्य तोलामा ३ सय रुपैयाँ घट्यो

बुधबार छापावाल सुन प्रतितोला ३ सय रुपैयाँ घटेर ९८ हजार ५ सय रुपैयाँ कायम भएको छ। 

काठमाडौं- बुधबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँ घटेको छ। मंगलबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबार छापावाल सुन प्रतितोला ३ सय रुपैयाँ घटेर ९८ हजार ५ सय रुपैयाँ कायम भएको छ। 

त्यस्तै चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ घटेको छ। बुधबारका लागि चाँदीको मूल्य १३ सय ३५ रुपैयाँ तोकिएको छ। मंगलबार चाँदी प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।


प्रकाशित : बुधबार, चैत २३ २०७८०५:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend