आइतबार, असोज ६ गते २०८१    
images
images

चैत दोस्रो साता फेरि निक्षेपभन्दा ऋण बढ्यो 

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत २३ २०७८
images
images
चैत दोस्रो साता फेरि निक्षेपभन्दा ऋण बढ्यो 

नेपाल बैंकर्स संघको तथ्यांक अनुसार चैत ११ गतेसम्म ४३ खर्ब ३० अर्ब निक्षेप रहेकोमा चैत १८ गते ४३ खर्ब ३१ अर्ब पुगेको छ। 

images
images

काठमाडौं- पछिल्ला केही हप्ता निक्षेपको तुलनामा ऋणको वृद्धिदर केही मथ्थर देखिएपनि दोस्रो साता ट्रेन्ड बदलिएको छ। 

images
images
images

वाणिज्य बैंकहरुले चैत ११ देखि १८ गतेको बीचमा जम्मा १ अर्ब निक्षेप थप गरेका छन्। जबकी यही समयमा ऋण भने पाँच अर्बले विस्तार भएको छ। 

नेपाल बैंकर्स संघको तथ्यांक अनुसार चैत ११ गतेसम्म ४३ खर्ब ३० अर्ब निक्षेप रहेकोमा चैत १८ गते ४३ खर्ब ३१ अर्ब पुगेको छ। 

त्यस्तै चैत ११ गतेसम्म ४१ खर्ब ७० अर्ब ऋण विस्तार भएकोमा चैतको १८ गतेसम्म बढेर ४१ खर्ब ७५ अर्ब पुगेको छ। 

images

विदेशी मुद्रामा हुने ऋण विस्तार भने यो बीचमा १  अर्ब ऋण घटेको छ। विदेशी मुद्राको निक्षेप यो अवधिमा स्थिर रहेको छ। 


प्रकाशित : बुधबार, चैत २३ २०७८०५:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend