बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

चैत दोस्रो साता फेरि निक्षेपभन्दा ऋण बढ्यो 

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत २३ २०७८
चैत दोस्रो साता फेरि निक्षेपभन्दा ऋण बढ्यो 

नेपाल बैंकर्स संघको तथ्यांक अनुसार चैत ११ गतेसम्म ४३ खर्ब ३० अर्ब निक्षेप रहेकोमा चैत १८ गते ४३ खर्ब ३१ अर्ब पुगेको छ। 

काठमाडौं- पछिल्ला केही हप्ता निक्षेपको तुलनामा ऋणको वृद्धिदर केही मथ्थर देखिएपनि दोस्रो साता ट्रेन्ड बदलिएको छ। 

वाणिज्य बैंकहरुले चैत ११ देखि १८ गतेको बीचमा जम्मा १ अर्ब निक्षेप थप गरेका छन्। जबकी यही समयमा ऋण भने पाँच अर्बले विस्तार भएको छ। 

नेपाल बैंकर्स संघको तथ्यांक अनुसार चैत ११ गतेसम्म ४३ खर्ब ३० अर्ब निक्षेप रहेकोमा चैत १८ गते ४३ खर्ब ३१ अर्ब पुगेको छ। 

त्यस्तै चैत ११ गतेसम्म ४१ खर्ब ७० अर्ब ऋण विस्तार भएकोमा चैतको १८ गतेसम्म बढेर ४१ खर्ब ७५ अर्ब पुगेको छ। 

विदेशी मुद्रामा हुने ऋण विस्तार भने यो बीचमा १  अर्ब ऋण घटेको छ। विदेशी मुद्राको निक्षेप यो अवधिमा स्थिर रहेको छ। 


प्रकाशित : बुधबार, चैत २३ २०७८०५:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend