बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

डिजेल, पेट्रोल र खाना पकाउने ग्यासको मूल्य बढ्यो

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत २२ २०७८
डिजेल, पेट्रोल र खाना पकाउने ग्यासको मूल्य बढ्यो

निगमले डिजेल, पेट्रोल, मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाएको छ। बढेको मूल्य अनुसार पेट्रोल लिटरको १६० रुपैयाँ, डिजेल/मट्टीतेल १४३ रूपैयाँ लिटर भएको छ।

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। 

आज रातिदेखि लागू हुनेगरी निगमले डिजेल, पेट्रोल, मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाएको छ। 

बढेको मूल्य अनुसार पेट्रोल लिटरको १६० रुपैयाँ, डिजेल/मट्टीतेल १४३ रूपैयाँ लिटर भएको छ। 

त्यस्तै निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको छ। योसँगै खाना पकाउने ग्यासको मूल्य १६ सय रुपैयाँ पुगेको छ। 

आन्तरिक हवाइ इन्धन लिटरमा ५ रुपैयाँ बढाएको निगमले अन्तर्राष्ट्रिय इन्धनमा प्रतिकिलोलिटर ५० डलर बढाएको छ।


प्रकाशित : मंगलबार, चैत २२ २०७८१७:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend