बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

निगम सञ्चालक सदस्यहरूलाई हटाउन मन्त्री आलेले सोधेको स्पष्टीकरणको विषयमा सर्वोच्चले माग्यो कारण

दुवै पक्षलाई बोलाइयो छलफलमा

मंगलबार, चैत २२ २०७८
निगम सञ्चालक सदस्यहरूलाई हटाउन मन्त्री आलेले सोधेको स्पष्टीकरणको विषयमा सर्वोच्चले माग्यो कारण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले महाप्रबन्ध पौडेलसहित तीन सदस्यलाई सञ्चालन समिति सदस्यबाट हटाउने गरी दोस्रो स्पष्टीकरण सोधको थियो।

काठमाडौं- नेपाल एयरलाइन्सका महाप्रबन्धक तथा सञ्चालक समिति सदस्य डिम प्रकाश पौडेल, ईश्वरी पौडेल र फुर्वा ग्याल्जेन शेर्पालाई हटाउने गरी सोधिएको स्पष्टीकरणको विषय अगाडि नबढाउन भन्दै सर्वोच्च अदालतले आदेश जारी गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले महाप्रबन्ध पौडेलसहित तीन सदस्यलाई सञ्चालन समिति सदस्यबाट हटाउने गरी दोस्रो स्पष्टीकरण सोधको थियो।

स्पष्टीकरण सोधेर हटाउन लागेको भन्दै उनीहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उनीहरूले दायर गरेको रिटमा न्यायाधीश कुमार चुडालको एकल इजलासले किन, के कारण हटाउनेगरी स्पष्टीकरण सोधिएको हो त्यसको कारण पेश गर्न र अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने आदेश जारी गरेको छ। यस्तो आदेश जारी भएसँगै अब सबै प्रक्रिया यथास्थितिमै रोकिने छ।

मन्त्री आलेले तीनजना सदस्यलाई सञ्चालक समितिको तीनवटा बैठकमा कर्मचारी लगाएर छिर्न दिएका थिएनन् भने एक अध्ययन समिति बनाएर हटाउने गरी रिपोर्ट बनाउन लगाएका थिए। सोही आधारमा आलेले स्पष्टीकरण सोधेर उनीहरूलाई हटाउने र निगममा आफू निकट व्यक्तिलाई सञ्चालक समिति सदस्यमा नियुक्ति गर्ने खेल गरिरहेका थिए।


प्रकाशित : मंगलबार, चैत २२ २०७८११:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend