बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

सुक्खा बन्दरगाहको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले भने- विलासी वस्तुको आयात नगर्नू

मंगलबार, चैत २२ २०७८
सुक्खा बन्दरगाहको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले भने- विलासी वस्तुको आयात नगर्नू

उनले चोभारमा निर्माण भएको सुक्खा बन्दरगाहले व्यवसायीलाई भन्सार जाँचपासमा सहज बनाउने बताए। 

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले विलासी वस्तुको आयात तत्काल नगर्न आग्रह गरेका छन्। प्रधानन्त्री देउवाले चोभारमा निर्माण भएको सुक्खा बन्दरगाहको उद्घाटन गर्दै विदेशी मुद्राको दबाबमा परेको बताउँदै विलासी सामानको आयात नगर्न आग्रह गरेका हुन्।

प्रधानमन्त्री देउवाले कच्चा पदार्थ स्वेशमै ल्यएर उद्योगहरु सञ्चालन गर्न समेत आग्रह गरेका छन्। उनले चोभारमा निर्माण भएको सुक्खा बन्दरगाहले व्यवसायीलाई भन्सार जाँचपासमा सहज बनाउने बताए। 

अर्थमन्त्री जनार्दन शर्माले समुन्द्रबाट सिधै सडकमा जोडिएको बताउँदै अबदेखि व्यावसायीको लागत कम र सहज हुन बताए। आयातमुखी देश बन्दै गएकाले आगामी दिनमा कृषिजन्य वस्तु निर्यातमा जोड दिनुपर्ने उल्लेख बताए। 


प्रकाशित : मंगलबार, चैत २२ २०७८१०:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend