शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

विद्युत् खरिद बिक्रीसम्बन्धी सम्झौता खुलाउन माग

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असोज ३ २०७८
विद्युत् खरिद बिक्रीसम्बन्धी सम्झौता खुलाउन माग

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विद्युत् खरिद बिक्रीसम्बन्धी सम्झौता (पीपीए) तत्काल खुलाउन नेपाल सरकारसँग माग गरेका छन्। 

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विद्युत् खरिद बिक्रीसम्बन्धी सम्झौता (पीपीए) तत्काल खुलाउन नेपाल सरकारसँग माग गरेका छन्। 

उनले विद्युत् प्राधिकरणले पीपीए नगरिदिँदा ठूलो लगानी गरिसकेका परियोजनाका प्रवर्द्धक नै सङ्कटमा परेको जानकारी गराउँदै सो सम्झौता जतिसक्दो चाँडो खुला गर्न माग गरेका हुन्। 

नेपाल पोल एशोसिएशनको आठौँ वार्षिक साधारणसभामा वरिष्ठ उपाध्यक्ष ढकालले अहिले धेरै जलविद्युत् कम्पनीले अर्बाैं रुपैयाँ लगानी गरिसकेका र पूर्वाधारका काम अघि बढाइसक्दा पनि विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) रोकिएको भन्दै नेपाल सरकारका सम्बद्ध अधिकारीको ध्यानाकर्षण गराए। 

उनले यसबाट लागत र अन्योल बढेको जानकारी ऊर्जामन्त्री पम्फा भुसाललाई गराएका छन्। मन्त्री भुसालसमेत सहभागी उक्त कार्यक्रममा ढकालले भने, 'अहिले पिक सिजनमा विद्युत् खेर जाने अवस्था सिर्जना हुने भएकाले कतै पीपीए रोकिने पो हो कि भन्ने हाम्रो आशङ्का, अर्बौं लगानी गरिसकेका व्यवसायीलाई यसरी अन्योलमा पार्नु भएन, निजी क्षेत्रलाई प्रोत्साहित गर्नसकेमा मात्र आर्थिक विकास हुन्छ।'

वरिष्ठ उपाध्यक्ष ढकालले स्टिल उद्योगसम्बन्धी सरकारको नयाँ नीतिका कारण विद्युत्को खपत बढ्नसक्ने उल्लेख गर्दै खपत बढाउने उपायको खोजी गर्न पनि सुझाव दिए। उनले ऊर्जा क्षेत्रमा सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने हो भने चाँडै नै देखिने गरी परिणाम निकाल्न आफूहरु तयार रहेको पनि बताए। रासस 


प्रकाशित : आइतबार, असोज ३ २०७८१२:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend