बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

मौखिक निर्देशनका भरमा गाडी आयात रोक्दा चक्रिय समस्या आउँछ : नाडा

मंगलबार, चैत २२ २०७८
मौखिक निर्देशनका भरमा गाडी आयात रोक्दा  चक्रिय समस्या आउँछ : नाडा

मौखिक निर्देशनमा भरमा गरिने निर्णयले व्यापार/व्यावसाय संकटमा पर्ने निष्कर्ष नाडाले निकालेको छ। 

काठमाडौं- नेपाल राष्ट्र बैंकले सोमबार वाणिज्य बैंकका सीईओहरुलाई बोलाएर गाडी आयात रोक्न दिएको मौखिक निर्देशन प्रति नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आपत्ती जनाएको।

मौखिक निर्देशनमा भरमा गरिने निर्णयले व्यापार/व्यावसाय संकटमा पर्ने निष्कर्ष नाडाले निकालेको छ। 

राष्ट्र बैंकले उक्त निर्देशन दिएपछि आउन सक्ने अवस्था बारे छलफल गर्न नाडाले मंगलबार भेहिकल समिति सहित पदाधिकारीको बैठक बोलाएको थियो। उक्त बैठकमा राष्ट्र बैंकले मनलागि निर्णय गर्दा व्यापावर चौपट हुने कुरा व्यावसायीहरुले उठाएका थिए। 

नाडाले सवारी आयात रोक्दा आउन सक्न अवस्था बारे निष्कर्ष निकाल्न राष्ट्र बैंकको लिखित निर्देशन आवश्यक हुने समेत बताएको छ। त्यस्तै नाडाले नेपाल बैंकर्स संघ, अर्थमन्त्रालयलगायत सरोकारवाला निकायसँग समेत गाडी आयात रोक्ने बारे छलफल गर्ने भएको छ। 

बैंकहरुले स्थानीय रुपमा खोलिने एसी(लेटर अफ क्रेडिट) समेत खोल्न छाडेको नाडाले जनाएको छ। नियमक निकायमा बस्ने व्यक्तिहरुको लहडका रुपमा गरिने निर्णयले अपठेरो अवस्था आउने नाडाको भनाइ छ। यसबारे समेत राष्ट्र बैंकले स्पष्ट निर्देशन दिनुपर्ने नाडाको जिकिर छ।


प्रकाशित : मंगलबार, चैत २२ २०७८०९:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend