बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

१ अर्ब ६० करोडमा निर्माण भएको चोभार सुक्खा बन्दरगाह सञ्चालनमा, प्रधानमन्त्री देउवाले गरे उद्घाटन 

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत २२ २०७८
१ अर्ब ६० करोडमा निर्माण भएको चोभार सुक्खा बन्दरगाह सञ्चालनमा, प्रधानमन्त्री देउवाले गरे उद्घाटन 

२०७५ साल माघ ३ गते शीलान्याश गरी बन्दरगाहको संरचना निर्माणका काम सुरु भएको थियो। बन्दरगाह निर्माणको लागि १ अर्ब ६० करोड रुपैयाँमा ठेक्का भएको थियो। उक्त रकममा केही थप रकम खर्च भएको छ।

काठमाडौं- चोभारमा बनेको सुक्खा बन्दरगाह प्रधानमन्त्री शेरबहादुर देउवाले  मंगलबार उद्घाटन गरेका छन्। 

निर्माण सम्पन्न भएको बन्दरगाह झन्डै छ महिनापछि उद्घाटन  भएको हो। आज चोभारका आयोजित कार्यक्रमकाबीच प्रधानमन्त्री देउवाले बन्दरगाह उद्घाटन गरेका हुन्। 

चोभार बन्दरगाहमा सञ्चालन भएदेखि नै डिजिटल भुक्तानीबाट कारोबार हुनेछ। बन्दगाहका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको इन्टरमोडल यातायात समितिले भौतिक संरचना निर्माण गरेको हो। संरचना निर्माणको काम सकिइसकेको छ। 

२०७५ साल माघ ३ गते शीलान्याश गरी बन्दरगाहको संरचना निर्माणका काम सुरु भएको थियो। बन्दरगाह निर्माणको लागि १ अर्ब ६० करोड रुपैयाँमा ठेक्का भएको थियो। उक्त रकममा केही थप रकम खर्च भएको छ।

निर्माणको जिम्मा आशिष र साक्षी जोइन्ट भेन्चरले पाएको थियो। २२० रोपनी जग्गामा फैलिएको उक्त बन्दरगाहमा ३ वटा मुख्य गेट, भन्सार, क्यारेन्टिन र प्रशासनिक गरी ३ वटा भवन, ३ वटा गोदाम, ३ वटा सवारी साधनको चेकजाँच गर्ने संरचना निर्माण भएको छ।

चोभार सुक्खा बन्दरगाहका सञ्चालन भएसँगै नेपाली व्यवसायीलाई लाभ पुग्ने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बताए। व्यापार लागत पनि न्यून हुने भएकाले यसबाट बजार तथा जनताले पनि लाभ लिने उनको भनाइ छ। 

बन्दरगाहका लागि रुट पनि निर्धारण भइसकेको छ। भुक्तानी सेवा तथा सबै कानूनी प्रक्रिया पूरा भइसकेको छ। 


प्रकाशित : मंगलबार, चैत २२ २०७८०९:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend