काठमाडौं- बसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि ८१ महिला आरोहीले अनुमति लिएका छन्।
पर्यटन विभागका अनुसार बसन्त ऋतुमा हिमाल आरोणका लागि ४१ टिममा ३ सय ४२ जनाले परमिट लिएका छन्। जसमा महिला ८१ जना र पुरुष २६१ जना रहेको छन्। जसमा सगरमाथा आरोहणका लागि मात्रै १ सय २३ जनाले अनुमति लिएका छन्।
विभागले हिमाल आरोहणका लागि अनुमति लिनेबाट १८ करोड रूपैयाँ रोयल्टीसमेत संकलन गरेको छ।