बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

राष्ट्र बैंकले गाडी आयात रोक्न निर्देशन दिएपछि व्यवसायी छलफलमा

मंगलबार, चैत २२ २०७८
राष्ट्र बैंकले गाडी आयात रोक्न निर्देशन दिएपछि व्यवसायी छलफलमा

नाडाले सवारी आयात रोक्दा आउन सक्न अवस्था बारे छलफल गर्न मंगलरबा दिउसो २ बजे कार्यासमिति बैठक बोलाएको एक सदस्यले जानकारी दिए।

काठमाडौं- नेपाल राष्ट्र बैंकले सोमबार वाणिज्य बैंकका सीईओहरुलाई बोलाएर गाडी आयात रोक्न निर्देशन दिएपछिको आउन सक्ने अवस्था बारे छलफल गर्न सवारी बिक्रेताहरुको संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले कार्यसमिति बैठक बोलाएको छ। 

नाडाले सवारी आयात रोक्दा आउन सक्न अवस्था बारे छलफल गर्न मंगलबार दिउँसो २ बजे कार्यासमिति बैठक बोलाएको एक सदस्यले जानकारी दिए।

राष्ट्र बैंकले सोमबार २७ वटै वाणिज्य बैंकका सीईओहरुलाई बोलाएर गाडी आयातका लागि एलसी जारी नगर्न मौखिक निर्देशन दिएको थियो। योसँगै अटोमोबाइल व्यवसाय संकटमा पर्ने अवस्था आएको छ।


प्रकाशित : मंगलबार, चैत २२ २०७८०६:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend