काठमाडौं- मंगलबार सुनको मूल्य सामान्य वृद्धि हुँदा चाँदीको भने घटेको छ। सोमबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा मंगलबार तोलामा १ सय रुपैयाँ बढेर ९८ हजार ८ सय रुपैयाँ कायम भएको छ।
चाँदीको मूल्य भने प्रतितोला मंगलबार १० रुपैयाँ घटेको हो। मंगलबारका लागि चाँदी प्रतितोला १३ सय ४० रुपैयाँमा कायम भएको छ। सोमबार चाँदी प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।