बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

‘इभी रेस’मा आक्रामक हुने मारुती सुजुकीको संकेत, बनायो वृहत योजना

बिहीबार , चैत २४ २०७८
‘इभी रेस’मा आक्रामक हुने मारुती सुजुकीको संकेत, बनायो वृहत योजना

भारतीयसहित अन्य निर्यात बजारलाई कायमै राख्न मारुती सुजुकीले विद्युतीय कार उत्पादनमा ठूलो लगानीको घोषणासँगै यो सेगमेन्ट विस्तार र विकास गर्न ‘न्यू मोबिलिटी डिभिजन’ नै बनाइसकेको छ। 

काठमाडौं- भारतको सबैभन्दा ठूलो कार बिक्रेता कम्पनी मारुती सुजुकी हालै विद्युतीय सवारी उत्पादनमा १० अर्ब भारु लगानीको घोषणा गरेको थियो। भारतमा सवारी बिक्री गर्ने अधिकांश कम्पनीहरुले विद्युतीय कार बिक्री नै गर्न थालिसकेका वा ल्याउने तयारीमा रहेका छन्। 

तर देशको कार बजारमा ५० प्रतिशतभन्दा बढी बजार हिस्सा ओगटेको मारुती सुजुकीले विद्युतीय कार उत्पादनमा चासो नदिएको जस्तो देखिएको थियो। यसलाई कार प्रमितथा अन्य प्रतिस्पर्धी कम्पनीहरुले पनि चासोपूर्ण रुपमा लिएका थिए। 

अब भने मारुती सुजुकी विद्युतीय कार उत्पादनमा आक्रामक हुने संकेत देखिइसकेको छ। भारतीयसहित अन्य निर्यात बजारलाई कायमै राख्न मारुती सुजुकीले विद्युतीय कार उत्पादनमा ठूलो लगानीको घोषणासँगै यो सेगमेन्ट विस्तार र विकास गर्न ‘न्यू मोबिलिटी डिभिजन’ नै बनाइसकेको छ। 

मारुती सुजुकीले विद्युतीय कार उतपादन र डिजिटलाइजेसनका लागि अलग्गै टिम समते बनाएको छ। कम्पनीले बनाएको नयाँ टिमले मारुती सुजुकी इन्डियाका कार्यकारी निर्देशक (सेल्स एन्ड मार्केटिङ)लाई रिपोर्टिङ गर्नेगरि काम नै विभाजन गरेको छ। त्यस्तै डिजिटलाइजेसनको विस्तारका लागि समेत नयाँ डिभिजन ‘बिजनेस ट्रान्सफर्मेसन’ समेत बनाइएको छ। 

त्यस्तै मारुती सुजुकीको मुख्य कम्पनी सुजुकी मोटरले समेत भारतमा विद्युतीय कार उत्पादनमा ठूलो लगानी घोषणा गरिसकेको छ। सुजुकीले बनाउने विद्युती कार तथा लिथियम आयन ब्याट्री सेल गुजरातमा रहेको प्लान्टबाट हुने छ। यसलाई मारुती सुजुकीले महत्वपूर्ण कदम भनेको छ। 

कम्पनीले कार्यान्वयनमा ल्याएको नयाँ परियोजना अनुसार २०२४-२५ मा यसको परिणाम आउने दाबी गरेको छ। मारुती सुजुकीले आरएन्डडीमा गरेको लगानी अनुसार अहिलेदेखि नै विद्युतीय कार बिक्रीका लागि आधार तयार गर्ने काम सुरु गरिसकेको छ। मारुती सुजुकीले यस्तो किन पनि गरिरहेको छ भने उसका भारतीय प्रतिस्पर्धीहरु टाटा मोटर्स, महिन्द्रा एन्ड महिन्द्रा, एमजी, हुन्डाई लगायतले विद्युतीय कारका मोडलको रेन्ज नै ल्याउन थालिसकेका छन्। 

हाल रहेका नेक्सा, स्मल कमर्सियल भेहिकललगायत डिभिजनबारे समेत पुनर्विचार गरि इभीमै केन्द्रित गर्ने योजनामा कम्पनी रहेको छ। मारुती सुजुकीले ल्याउने नयाँ उत्पादन उदियमान विद्युतीय कार बजारको भविष्यको साधनका रुपमा हेरिएको विज्ञहरुले बताएको द इकोनोमिक टाइम्सले लेखेको छ। विगत लामो समयदेखि भारतको कार बजारको नेतृत्व गरिरहेको मारुती सुजुकीले आफ्नो विरासत कायम राखिरहने विद्युतीयमै केन्द्रित हुनुपर्ने सुझाव समेत उनीहरुले दिएका छन्। 

मारुती सुजुकीले पछिल्लो केही वर्षयता एसयूभी सेगमेन्टमा नयाँ विकल्प नदिँदा उपभोक्ताहरु अन्य ब्रान्डतर्फ जाने सोचमा पुगेको समेत विज्ञहरुले बताएका छन्। क्रसओभर एसयूभी खोज्ने उपभोक्ताको संख्या बढ्दै गइरहेको छ। यो कुरालाई मध्यनजर गर्दै मारुती सुजुकीले विद्युतीय सेगमेन्टमा सो विषयलाई सम्बोधन गर्नुपर्ने छ। 

आउने समयका लागि मारुती सुजुकीले ल्याउने एसयूभी रेन्जका कार ८ देखि २० लाख भारुसम्मका हुनुपर्नेमा विज्ञहरुले जोड दिएका छन्। यो भनेको प्रिमियम उत्पादनमा समेत मारुती सुजुकीको उपस्थिति राम्रो हुनेछ। 

नेपाल पनि सुजुकी कारका लागि ‘पोटेन्सियल’ बजार मध्येमा पर्छ। हाल बिक्री भइरहेका कारमा नेपाली कार बजारमा सुजुकी सबैभन्दा धेरै बिक्री हुनेमा पर्छ। नेपाली बजारमा पनि अन्य ब्रान्डका विद्युतीय कार आइसकेको अवस्थामा सुजुकीको भने आएको छैन। 

भारतसँग प्रत्यक्ष सम्बन्धित रहेको सुजुकी कारको नेपालमा विद्युतीय कार आउन भारतमा उत्पादन हुन आवश्यक छ। भारतमा सुजुकी मोटर्स तथा मारुती सुजुकीले ठूला धनराशि लगानी गरि विभिन्न योजना ल्याइसकेका छन्। सोही अनुसार भारतमा सुजुकीका विद्युतीय कार आएसँगै नेपाली बजारमा समेत आउनै छन्।


प्रकाशित : बिहीबार , चैत २४ २०७८०४:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend