शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

रोल्स रोयसको विद्युतीय जहाजको पहिलो उडान 

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असोज ३ २०७८
रोल्स रोयसको विद्युतीय जहाजको पहिलो उडान 

निर्माणाधीन जहाजको परीक्षण उडान सुरु भएको कम्पनीले बताएको छ। 

काठमाडौं- इन्जिन निर्माता कम्पनी रोल्स रोयसले निर्माण गरेको बिजुलीबाट चल्ने जहाजको पहिलो उडान सम्पन्न भएको छ। 

जहाजदेखि गाडीसम्मका इन्जिन निर्माणमा ख्याति कमाएको कम्पनीले पूर्ण विद्युतीय जहाज निर्माण गरिरहेको छ। जहाजले पहिलो १५ मिनेटको उडान सफलतापूर्वक सम्पन्न गरेको छ। 

निर्माणाधीन जहाजको परीक्षण उडान सुरु भएको कम्पनीले बताएको छ। 

'उत्साहजनक परीक्षण उडानको सुरु भएको छ। यसबाट विद्युतीय पावर सिस्टमको महत्वपूर्ण डेटा कलेक्सन हुने छ' कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। 

एउटामात्रै सिट भएको यो जहाजमा उच्च पावरयुक्त ब्याट्री जडान भएको कम्पनीले बताएको छ। ६ हजार सेलको ब्याट्री प्याक भएको  जहाजमा तीनवटा मोटर छन्। 

कम्पनीले पहिलो टेकअफको सेड्युल घोषणा गरेको एक वर्षपछि मात्र उडान गर्न सफल भएको हो। 

 


प्रकाशित : आइतबार, असोज ३ २०७८११:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend