मंगलबार, साउन १२ गते २०८३    
मंगलबार, साउन १२ २०८३

काँकरभिट्टा अध्यागमनले प्रवेशाज्ञा दस्तुरबापत उठायो २ करोड ६५ लाख राजस्व

मंगलबार, साउन १२ २०८३
काँकरभिट्टा अध्यागमनले प्रवेशाज्ञा दस्तुरबापत उठायो २ करोड ६५ लाख राजस्व

उक्त अवधिमा ८ हजार २९७ पर्यटक भिसा, १६३ नाता भिसा, ४९ गैरआवासीय नेपाली (एनआरएन) भिसा र ३२ वैवाहिक भिसा जारी गरिएको छ।

झापा- प्रवेशाज्ञा (भिसा) दस्तुरबापत गत आर्थिक वर्ष २०८२/८३ मा २ करोड ६५ लाख ६८ हजार ५३७ रूपैयाँ राजस्व संकलन गरिएको छ। पूर्वी नेपालको मुख्य प्रवेशद्वार काँकरभिट्टा अध्यागमन कार्यालयले नेपाल प्रवेश गर्ने विदेशी नागरिकबाट उक्त राजस्व रकम जम्मा गरेको हो।

निमित्त कार्यालय प्रमुख इन्द्रकुमार राजवंशीले सो नाकाबाट ९ हजार ४४७ जना विदेशी नागरिक नेपाल प्रवेश गरेको जानकारी दिए।

उक्त अवधिमा ८ हजार २९७ पर्यटक भिसा, १६३ नाता भिसा, ४९ गैरआवासीय नेपाली (एनआरएन) भिसा र ३२ वैवाहिक भिसा जारी गरिएको छ।

गत आर्थिक वर्षमा काँकरभिट्टा नाका हुँदै ८६ देशका नागरिक नेपाल प्रवेश गरेका थिए। भुटानका चार हजार ९९४ जना (५३ प्रतिशत), अमेरिकाका दुई हजार १५२ जना (२३ प्रतिशत) नागरिक रहेका थिए।

पुस र माघ महिनामा सबैभन्दा बढी विदेशी नागरिक नेपाल भित्रिने गरेका छन्। भुटानमा यस अवधिमा जाडो बिदा हुने भएकाले त्यहाँका नागरिक झापा तथा आसपासमा रहेका आफन्तसँग भेटघाट गर्न तथा पूर्वको पशुपतिनाथका रूपमा परिचित हलेसी महादेव दर्शनका लागि नेपाल आउने क्रम बढ्ने गरेको हो।


प्रकाशित : मंगलबार, साउन १२ २०८३१६:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend