मंगलबार, साउन १२ गते २०८३    
मंगलबार, साउन १२ २०८३

यातायात व्यवस्था कार्यालय विराटनगरद्वारा गत आवमा ४८ करोड ९८ लाख रूपैयाँ राजस्व संकलन

मंगलबार, साउन १२ २०८३
यातायात व्यवस्था कार्यालय विराटनगरद्वारा गत आवमा ४८ करोड ९८ लाख रूपैयाँ राजस्व संकलन

रुट पर्मिटबाट एक करोड १४ लाख र अन्य सेवा शुल्कबाट ७५ लाख ५१ हजार रूपैयाँ राजस्व उठेको छ।

विराटनगर- यातायात व्यवस्था कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा कुल ४८ करोड ९८ लाख २७ हजार १८७ रूपैयाँ राजस्व संकलन गरेको छ।

रुट पर्मिटबाट एक करोड १४ लाख ३१ हजार ८३०, अन्य सेवा शुल्कबाट ७५ लाख ५१ हजार, व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट एक लाख २८ हजार ३ सय र चालक अनुमति पत्रबाट आठ करोड ५३ लाख ३३ हजार ४७५ रूपैयाँ राजस्व उठेको छ।

यस्तै, दण्ड जरिवाना र जफतबाट एक लाख तीन हजार एकसय र सवारीसाधान करबाट ३८ करोड ५२ लाख ७९ हजार ४८२ रूपैयाँ जम्मा भएको सूचना अधिकारी लेखप्रसाद आचार्यले जानकारी दिए। रासस


प्रकाशित : मंगलबार, साउन १२ २०८३१४:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend