मंगलबार, साउन १२ गते २०८३    
मंगलबार, साउन १२ २०८३

तीन लघु बीमा कम्पनीले आईपीओ जारी गरेर पुर्‍याए चुक्ता पुँजी, चार वटाको अझै पुगेन

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, साउन १२ २०८३
तीन लघु बीमा कम्पनीले आईपीओ जारी गरेर पुर्‍याए चुक्ता पुँजी, चार वटाको अझै पुगेन

हाल सञ्चालनमा रहेका सात वटा माइक्रो इन्स्योरेन्समध्ये सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गरिसकेका तीन कम्पनीको मात्रै पुँजी मापदण्ड पूरा भएको हो।

काठमाडौं- नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पुँजी कायम गर्न चार वटा लघु बीमा कम्पनी असमर्थ देखिएका छन्। 

हाल सञ्चालनमा रहेका सात वटा माइक्रो इन्स्योरेन्समध्ये सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गरिसकेका तीन कम्पनीको मात्रै पुँजी मापदण्ड पूरा भएको हो।

प्राधिकरणले लघु बीमा कम्पनीका लागि न्यूनतम ७५ करोड रुपैयाँ चुक्ता पुँजी हुनुपर्ने व्यवस्था गरेको छ। यसअघि नै आईपीओ जारी गरिसकेका गार्डियन माइक्रो लाइफ, नेपाल माइक्रो र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले तोकिएको ७५ करोड पुँजी पुर्‍याइसकेका छन्।

यता आईपीओ निष्कासन गर्न बाँकी रहेका स्टार माइक्रो, लिबर्टी माइक्रो लाइफ, ट्रष्ट माइक्रो र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको चुक्ता पुँजी भने ५२ करोड ५० लाख रुपैयाँमा सीमित छ। 

प्राधिकरणको नियम पूरा गर्न यी चार कम्पनीले अझै २२ करोड ५० लाख रुपैयाँका दरले पुँजी बढाउनुपर्ने हुन्छ। उनीहरूले सर्वसाधारणका लागि सेयर निष्कासन गरेरै यो बाँकी पुँजी जुटाउने तयारी गरेका छन्।

प्रकाशित : मंगलबार, साउन १२ २०८३१०:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend