मंगलबार, साउन १२ गते २०८३    
मंगलबार, साउन १२ २०८३

भारतको आर्थिक सहयोगमा दार्चुलामा विद्यालय भवन निर्माण हुँदै

मंगलबार, साउन १२ २०८३
भारतको आर्थिक सहयोगमा दार्चुलामा विद्यालय भवन निर्माण हुँदै

यो उच्च प्रभाव सामुदायिक विकास परियोजना दार्चुलाको शैल्यशिखर नगरपालिकामार्फत कार्यान्वयन हुनेछ।

काठमाडौं- भारतको सहयोगमा दार्चुलामा एक विद्यालय भवन निर्माण हुने भएको छ। शैल्यशिखर नगरपालिका-९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको भवन निर्माणका लागि सोमबार शिलान्यास भएको हो।

काठमाडौंस्थित भारतीय दूतावासका प्रथम सचिव वशिष्ट नन्दन र शैल्यशिखर नगरपालिकाका मेयर विजयसिंह धामीले संयुक्तरूपमा शिलान्यास गरेका हुन्। भारतको आर्थिक सहयोग करिब नेरु ७.५ करोड लागतमा यो विद्यालय भवनको निर्माण हुँदैछ।

यो उच्च प्रभाव सामुदायिक विकास परियोजना दार्चुलाको शैल्यशिखर नगरपालिकामार्फत कार्यान्वयन हुनेछ। यो नेपालको दार्चुला जिल्लामा सञ्चालन भइरहेको ११ औँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो।

शैल्यशिखरका मेयर तथा अन्य सरोकारवालाहरुले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गरे। साथै उनीहरुले नयाँ पूर्वाधारले शैल्यशिखरका विद्यार्थी र शिक्षकहरुका लागि सिकाइको वातावरण बढाउन मद्दत गर्ने विश्वास व्यक्त गरे।

भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ। पूर्वाधार विकासमा भारतले पनि नेपाललाई सघाउँदै आएको छ।


प्रकाशित : मंगलबार, साउन १२ २०८३१०:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend